चितवन । चितवनका विभिन्न अस्पतालहरुमा उपचाररत कोरोना संक्रमितको संख्या घट्दै गएको छ । जेठ ४ गतेपछि संक्रमितको संख्या निरन्तर ओरालो लागिरहेको छ । पछिल्लो समय चितवनका अस्पतालमा उपचारमा केही सहजता र निशेधाज्ञामा कडाईको साथै सचेतनामा बृद्धि भएपछि संक्रमितको संख्यामा कमी हुदै गएको हो । जिल्लामा शुक्रबार ३९९ जना संक्रमितले उपचार गराइहेका छन् ।
जसमध्ये १९९ संक्रमित आइसियूमा, ५५ संक्रमित भेन्टिलेरमा, ४३ संक्रमित एचडियूमा र १०७ संक्रमित साधारण बेडमा छन् । बैशाख ४ गते जिल्लाका विभिन्न अस्पतालहरुमा गरी ५३७ जना संक्रमितले उपचार गराएका थिए । त्यतिबेला आइसियूमा २५३ र भेन्टिलेटरमा ५२ जना संक्रमित थिए । भेन्टिलेटरमा उपचार गराउने संक्रमितको संख्या भने हालसम्म पनि लगभग स्थिर जस्तो देखिएको छ ।
जेठ १० गते ४७३ संक्रमितले उपचार गराएकोमा जेठ १३ गतेसम्म आइपुग्दा यो संख्या घटेर ४०६ पुगेको थियो । आइसियूमा राखेर उपचार गराउनुपर्ने विरामीको संख्या निरन्तर घट्दै गएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांक छ ।








