गणतन्त्र दिवश
सबैको लागि हो है भन्दै यहाँ कानुन बनाउँछ सरकार
शहिदहरूलाई विर्सदै गणतन्त्र दिवश मनाउँछ सरकार ।
गर्न खोज्छन् दक्षता भएका सबैले सके सम्म राम्रो काम ,
दलाल,भ्रष्टचारीले गर्दा यहाँ नराम्रोसंग गनाउँछ सरकार ।
जनताको रगतमा होलि खेल्दै चढे कतिले चिल्लो कार,
ठूला माथि भन्दा साना माथि कानुन खनाउँछ सरकार ।
देशमा जब चुनाव आउँछ सल्बलाउँछन् आसेपासेहरू
काला बजारी ठूला व्यापारीहरूलाई कनाउँछ सरकार ।
भन्छन सिंह दरवार आजकल गाउँ गाउँमा आयो भनी
विडम्बना राजधानिमा मात्रै उपस्थिती जनाउँछ सरकार ।
भरतपुर- ११, चितवन








