• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा उद्योग दर्ता गर्नेको संख्यामा तीन गुणाले घट्यो

  •   शनिबार, जेठ १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा गत बैशाख दोस्रो साता पछि गरिएको निशेधाज्ञाका कारण उद्योग दर्ता गर्नेको संख्यामा तीन गुणाले कमी आएको छ । घरेलु तथा साना उद्योग कार्यालय, चितवनले दिएको तथ्यांक अनुसार चैत्र महिनामा सबै उद्योग गरी ३८७ ओटा उद्योग दर्ता भएकोमा बैशाख महिनामा जम्मा १२३ ओटा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योग मध्ये सबै भन्दा बढी वन तथा कृषिजन्य उद्योग रहेका छन ।

    जसअनुसार चैत्र महिनामा यो शिर्षकमा २५६ वटा उद्योग दर्ता भएका थिए भने बैशाख महिनामा ८७ वटा उद्योग दर्ता भएका छन । यस्तै चैत्र महिनामा उत्पादनमुलक उद्योग ५३ वटा बैशाख महिनामा १३ ओटा , चैत्र महिनामा सेवामुलक उद्योग ७१ वटा र पर्यटनमुलक उद्योग ७ वटा दर्ता भएका थिए भने बैशाख महिनामा सेवामुलक २२ वटा उद्योग र पर्यटनमुलक उद्योग एउटा मात्र दर्ता भएको छ । दुई महिनामा उर्जामुलक उद्योग, निर्माणमुलक उद्योग र विज्ञान तथा सूचना प्रविधिजन्य उद्योग भने दर्ता भएका छैनन ।

    कार्यालयका लेखाप्रमुख नारायण लम्सालले निशेधाज्ञाले गर्दानै उद्योग दर्ता गर्नेको संख्यामा न्यून रहेको बताए । ‘कोरोना महामारीको हल्ला संँगै बैशाखको पहिलो सातादेखिनै उद्योग दर्ता गर्ने कम हुदै गएका थिए , उनले भने, बैशाख १६ देखि त निशेधाज्ञानै जारी भयो ।’ गतसाल भएको कोभिड महामारीको समयमा भन्दा यसपटक उद्योग दर्ता गर्नेको संख्या उल्लेख्य रहेको उनको भनाई छ ।

    अनुदानले वनतथा कृषिजन्य उद्योगमा आकर्षण

    कार्यालयमा सबै शिर्षकभन्दा बढी वन तथा कृषिजन्य उद्योगमा आकर्षण बढेको पाईएको छ । ‘कृषि क्षेत्र सरकारको प्राथमिकता परेको क्षेत्र पनि भयो, लेखा अधिकृत लम्सालले भने, यो क्षेत्रमा अनुदान र सहुलियत व्याजदर पनि उपलब्ध छ ।’ चितवन कृषि क्षेत्रको हब भएको र उत्पादन र प्रशस्त संभावना रहेकोले पनि यस शिर्षकमा बढी उद्योग दर्ता हुने गरेको उनले बताए ।

    कार्यालयले उद्योगबाट चालु आर्थिक बर्ष बैशाखसम्ममा ८ करोड भन्दा बढी राजश्व संकलन गरिसकेको छ । ‘यो आवमा ८ करोड संकलन गर्ने अनुमान थियो , अहिलेनै ८ करोड नाघिसकेको छ उनले भने , निशेधाज्ञा नभएको भए असार मसान्त सम्म १० करोड पुग्थ्यो ।’ अबका दिनमा निशेधाज्ञा खुकुलो भएपनि उद्योग दर्ता गर्नेको संख्यामा उत्साह नहुने उनको भनाई छ ।

    ‘चालु आर्थिक बर्ष सकिने बेला पनि भयो, उनले भने, असारमा क्लोजिङ्ग शुरु हुने हुंँदा बैंकले ऋण प्रवाहमा पनि कडाई गर्छन ।’ हाल यस कार्यालयबाट ५ लाख देखि पांँच करोड पूजी भएका उद्योग दर्ता हुदै आएका छन । कार्यालयले उद्योग दर्ता गरेवापत न्यूनतम १२ हजार १सय रुपैयांँ राजश्व लिने गरेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.