नवलपुर । बैक तथा बित्तीय संघ संस्थाहरुमा दैनिक जसो भिड बढेको भन्दै देवचुली नगरपालिकाको कार्यलयले नगर भित्र संञ्चालनमा रहेको बैक, बित्तिय संस्था, सामुदायिक वन र खानेपानी संस्थाका कार्यलयहरु जेष्ठ १ देखि ५ गते सम्म (५ दिनका लागि) बन्द गर्न भन्दै सुचना नै प्रकाशन गरेको छ । बिहिवार मात्र देवचुली १२का हाल भारत बस्दै आएका १ जनामा परिक्षण कोरोना भाइरस परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आए संगै नगरपालिकाले पहिलो चरण अन्तरगतको कडाई गरेको नगरपालिकाले जनाएको छ ।








