चितवन
फागुन २१
प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव (गृह सचिव) शंकर प्रसाद खरेलको गाडी चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।अङ्ग रक्षक सहित सरकारी गाढी चढेर चितवनमा जन्ती आएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो । प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको लु१झ ४११ नम्बरको गाडी लिएर खरेल आज चितवनको भरतपुर ९ मा रहेको रोज गार्डेन पार्टी प्यालेसमा जन्ती आएका थिए ।अङ्ग रक्षक सहित सरकारी गाडीमा जन्ती आएको प्रहरीमा उजुरी परेपछि गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । खरेल चढ्ने सरकारी स्कर्पियो भ्यान सहित उनका निजी अङ्ग रक्षक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको भएपनि अङ्ग रक्षकलाई भने छोडेको छ । यद्यपि लु१झ ४११ नम्बरको स्कर्पियो र चालकलाई भने जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।








