चितवन । राईट एण्ड एसोसियटले माडीको बघौडा अस्पताललाई प्यासेन्ट डिजिटल मनिटर हस्तान्त्रण गरेको छ । एसोसियटले बिरामीको उपचारको लागि ३ लाख बराबरको २ थान मनिटर अस्पताललाई हस्तान्त्रण गरेको हो ।राईट एन्ड एसोसियट चितवनका डाईरेक्टर देबेन्द्र राज रेग्मिले माडी नगरपालिका मेयर ठाकुर प्रसाद ढकाललाई मनिटर हस्तान्त्रण गरेका हुन् । अस्पतालमा मनिटरको अभावले बिरामिलाई भरतपुर अस्पताल पठाउनुपर्ने बाध्यता रहेको थियो ।

उक्त बाध्यतालाई मध्यनजर गर्दै अस्पताललाई मनिटर हस्तान्त्रण गरिएको रेग्मिले बताए । हस्तान्त्रण कार्यक्रमा बघौडा अस्पतालका इन्चार्ज डा. आलोक कुमार, माडी नगरपालिका १ का वडाध्यक्ष कृष्ण पौडेल, माडी कोरोना महामारी नियन्त्रण समितीका संयोजक शिव सुवेदी, ब्राह्मण समाज नेपालका अध्यक्ष मिलन दिप लगाएतको उपस्थीती रहेको थियो । साथै हेल्प टेक नेपालका प्रोपाइटर सन्दीप राज गिरीले टेक्निकल सहयोग गरेका थिए । राईट एन्ड एसोसीयन चितवनले यस भन्दा अगाडि पनि विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।








