• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

हिउँचितुवामा रेडियो कलार जडान

  •   सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा चारवटा हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको छ । अघिल्लो वर्ष दुई र यो वर्ष दुई गरी चार हिउँचितुवामा ‘स्याटेलाइट जीपीएस कलार’ जडान गरिएको निकुञ्जले जनाएको छ । वन तथा वातावरण मन्त्रालयको २०७५ भदौ २५ गते मन्त्रिस्तरीय निर्णयानुसार ती हिउँचितुवामा जीपीएस कलार जडान गरिएको हो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व तथा राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष नेपालको प्राविधिक एवं आर्थिक सहयोगमा २०७६÷७७ मा दुई र यही जेठ २ गते दुईवटा हिउँचितुवामा स्याटेलाइट जिपिएस कलार जडान गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए । साल्दाङ ब्लकको निजाल गाउँलाई केन्द्र बनाएर स्याटेलाइट कलार जडान गरिएको निकुञ्जले जनाएको छ । साल्दाङ ब्लकको राप्का क्षेत्रमा ३७ केजी तौलको अन्दाजी सात वर्षको वयस्क भाले हिउँचितुवाको घाँटीमा जिपिएस कलार जडान गरिएको छ ।

    उक्त हिउँचितुवाको नाम घाङ्ग्री घापी हिउल राखिएको छ । त्यस्तै जेठ ११ गते साल्दाङ ब्लककै धोरामा ३८ केजी तौल भएको अन्दाजी छ वर्षको वयस्क भाले हिउँचितुवामा पनि कलार जडान गरेको छ । सो हिउँचितुवाको नाम लाङ्गेन दिइएको छ । स्याटेलाइट टेलिमेट्री जडान कार्यलाई थप प्रभावकारी बनाउन मङ्गोलियामा हिउँचितुवामा कलरिङ गर्दा प्रयोग भएको ‘अर्बिस’ नामको स्वचालित ट्र्याप अनुगमन प्रविधि पहिलो पटक प्रयोग गरिएको छ । स्याटेलाइट कलार जडान गरिएका हिउँचितुवाको आनुवांशिक अध्ययन गर्न एवं डिएनए प्रोफाइल तयार गर्न रगतको नमूनासमेत लिइएको छ ।

    स्याटेलाइटबाट प्राप्त सूचना तथा स्थलगत अनुगमनको माध्यमबाट कलार जडान गरिएका हिउँचितुवाको विचरणको अध्ययन गरिएको निकुञ्जले जनाएको छ । हालसम्मका तथ्याङ्कलाई हेर्दा दुवै हिउँचितुवाले सामान्यरूपमा आ–आफ्नो बासस्थानमा तीन हजार ६९ मिटरदेखि चार हजार ९६० मिटरको उचाइमा विचरण गरिरहेको निकुञ्जले जानकारी दिएको छ । घाङ्ग्री घापी हिउलले सात दिनमा २४ किमी दूरी पार गरेको छ भने लाङ्गेनले एक दिनमा दुई किमी दूरी पार गरेको छ । यी हिउँचितुवा एक अर्काबाट छ किलोमिटरको दूरीमा विचरण गरिरहेको बताइएको छ ।

    उनीहरुले बासस्थानमा गरेको विचरण, पार गरेको दूरी, आनीबानी, व्यवहारलगायतका विषयमा जीपीएस कलारले १८ महिनासम्मको तथ्याङ्क दिने र त्यसबाट संरक्षणको रणनीति तथा योजना तर्जुमा गर्न सहयोग पुग्ने निकुञ्जले बताएको छ । हिउँचितुवामा जडान गरिएका कलार जर्मनीको कम्पनीले निर्माण गरेको हो । हिउँचितुवामा स्याटेलाइट कलार जडान गरिएको स्थान चीनको सिमानाबाट करिब १२ किलोमिटरको दूरीमा रहेकाले नेपालबाट हिउँचितुवाहरु चीनतर्फ विचरण गर्न जान्छन् कि जाँदैनन् भन्ने जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।

    हिउँचितुवा – मानव द्वन्द्व न्युनीकरण, बासस्थान व्यवस्थान, अन्तरदेशीय सहकार्यलगायतका बारेमा समेत अध्ययन हुने बताइएको छ । हिउँचितुवा र यसको आहार प्रजाति संरक्षणका लागि मुख्य सवालहरु पहिचान गरी संरक्षणको रणनीति तथा योजना तर्जुमा गर्न सहयोग पुग्ने निकुञ्जले जनाएको छ । स्याटेलाइट कलार जडान गरिएका घाङ्ग्री घापी हिउल र लाङ्गेनबाट प्राप्त ‘जिपिएस लोकेशन’का आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विश्व वन्यजन्तु कोष नेपाल र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट अनुगमन गरिएको छ । यसअघि गत वर्ष स्याटेलाइट कलर जोडिएका दुईवटा हिउँचितुवा (सामलिङ र जेबोरोङ) मरिसकेका छन् ।

    कलार जडान गरेको छ महिनासम्म मात्र सम्पर्कमा रहेका सामलिङ र जेबोरोङ पछि एकाएक सम्पर्कबाहिर रहेका थिए । सम्पर्कविहीन भएका ती दुवैको मृत्यु भएको प्रतिवेदन वन विभागमा पुगिसकेको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.