नवलपुर । कोरोना महामारीको समयमा रगत अभाव हुन नदिन नवलपुरको देवचुलीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सोमवार स्वःखेम काफ्ने स्मृती प्रतिष्ठानको विशेष सहयोगमा देवचुलीको दलदलेमा रक्तदानका कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त रक्तदान कार्यक्रममा ३८ जनाले रगत दान दिएका हुन । देवचुली जेसीजले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा देवचुली नगरपालिका ,नेपाल रेडक्रस कावासोती संगै अन्य संघसंस्थाहरुले सहकार्य गरेको रक्तदान कार्यक्रम संयोजक जेसी दुर्गादेवी विष्टले जानकारी दिनुभयो ।








