चितवन । अखिल क्रान्तिकारी र वाईसीयल नेपाल चितवनको संयुक्त आयोजनामा आज (सोमबार) कालिका नगरपालिकाको शहिद स्मृति क्याम्पस परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा १३ जना महिला र १०३ जना पुरुष गरी २१६ जनाले रक्तदान गरेका वाइसिएल नेपाल चितवनका जिल्ला संयोजक मधु न्यौपानेले बताए ।
उनले कोरोनाको बिषम परिस्थितीमा जिल्लामा रगतको अभाव हुन नदिन निरन्त्र रक्तदान कार्यक्रम गरिरहेको बताए । बन्दाबन्दीको अवधीभर जिल्लाका विभिन् ठाउँमा गई रक्तदान कार्यलाई निरन्त्रता दिने उनले बताए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा चितवन जिल्ला अध्यक्ष यम बहादुर परियार प्रमुख अतिथि रहेका थिए ।
उनले जिल्लामा रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरेकोमा संगठनलाई धन्यवाद व्यक्त गरे । संस्थाले आज चौथो पटक सम्म निरन्त्र रक्तदान गरेको छ । पहिलो दिन भरतपुर महानगर २३ मा १०३ जनाले रक्तदान गरेका थिए । त्यस्तै दोस्रो दिन भरतपुर महानगर १ रामनगरमा ८२ जनाले रक्त्दान गरेका थिए तेस्रो दिन भरतपुर ११ मा ६१ जनाले रक्तदान गरेका थिए भने आज चौथो दिन ११६ जनाले रक्तदान गरेका हुन् ।
२१ २२ र २३ गते माडी नगरपालिकामा रक्तदान कार्यक्रम गर्दै छ । यस्तै संगठनले अघिल्लो बर्षको लकडाउनमा पनि १२०० पोइन्ट रगत संकलन गरेको थियो ।








