काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६०८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ५२८५ र एन्टिजेन विधिबाट ८०० जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । यस्तै, आज थप ६ हजार ८९८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३ सय ४४ पुगेको छ । आज संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ७ हजार ४५४ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ छ । निको हुनेको दर ८०.२ प्रतिशत छ ।









