• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विकासले फेरियो जीवन : बटौलीको नुन र चितवनको चामल आफ्नै आँगनमा

  •   बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेका दलबहादुर छन्त्याल ८३ वर्षको भए । उमेरले उमेरले आठ दशक पार गरे पनि गाउँले स्वच्छ खानपानले गर्दा उनी अझै हट्टाकट्टा छन् । आफ्नै रहनसहन र भाषा बोल्ने छन्त्याल निकै हँसिलो छन् । उनले जीवनका अधिकांश समय गाईभैँसी र भेडाबाख्राको गोठालो गरेरै बिताए । उनले भोगेका सयौँ अनुभवमध्ये एउटा यस्तो अनुवभव छ जुन उहाँ कहिल्यै भुल्दैनन् । पन्ध्र दिनको पैदल यात्रा गरेर बुटवल पुगेर नुन बोकेर उपभोग गरेको अनुभव उनको मानसपटलमा अझै ताजै छ । उनले यो दुःख चाहेर पनि भुल्न सक्दैनन् ।

    दुर्गम गाउँ । त्यसमाथि पनि सरकारी निकायको ध्यान कम पुगेको गाउँ । विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौँ संघर्षपछि बल्ल अहिले गाउँसम्म बिजुली बत्ती र सडक पुगेको छ । गाउँमा यसरी मोटर गाडी गुड्ला, बिजुली बत्तीले गाउँ घर झिलिमिली होला भन्ने उहाँले कहिल्लै कल्पना गर्नुभएको थिएन तर अहिले गाउँघरमै सररर गाडी गुड्दा, बिजुली बत्तीले झिलिमिली हुँदा छन्त्याल दंग छन् । छन्त्याल मात्रै होइन गाउँमै सडक गाडी, बिजुली, स्वास्थ्यचौकी, विद्यालयलगायतका विकासका पूर्वाधाहरु पुुगेपछि यहाँको बासिन्दाको खुसीको सीमा नै छैन ।

    सडक बनेर गाडीमार्फत बुटबल र चितवनलगायतका ठाउँबाट घरदैलोमै खाद्यान्नलगायतका आवश्यक चिज आउन थालेपछि उमेरले ७० वसन्त पार गरेका यहाँका वृद्धवृद्धाहरुले विकास भनेको कस्तो हुँदोरहेछ भन्ने कुरा महसुस गर्न पाएका छन् । गत फागुनमा दग्नामको अक्करे भीरलाई फोरेर दर्मिजा, चिमखोला र कुइनेमंगलेसम्म गाडी पुगेपछि यस क्षेत्रका बासिन्दाको जीवनमा खुसीयाली छाएको हो । ‘हाम्रो ठाउँमा यस्तो विकास होला भन्ने त मैले कहिल्यै सोचेको थिइनँ, तर अहिले त हेर्नुस् गाडी सररर चल्छन्, बिजुली बत्ती पनि थिएन त्यतिबेला, हामीले त सिठा र दियालो बालेर उज्यालो गराउँथ्यौँ, अहिले बिजुलीले झिलिमिली छ, एक दिन लाइन आएन भने अन्धकारमा बसे जस्तो हुन्छ’, कुइनेमंगलेका अर्का वृद्ध फबहादुर छन्त्यालले मुस्कुराउँदै भने, ‘बटौलीमा गाडी देख्दा डराउँथ्यौँ, अहिले त के को डराउनु अल्ली तल जानु प¥यो भने हिँड्नै मन लाग्दैन, गाडीमै जाने भन्ने हुन्छ, गाडी नहुँदा, कोसौँ टाढा हिँडियो, अहिले सुविस्ताले गर्दा दुई÷चार पाइला हिँड्न पनि गाह्रो लाग्छ ।’

    उनले जिल्ला सदरमुकाम बेनी बजार आउजाउ गर्न एक साता लागेको सुनाउँदै तत्कालीन समयमा यहाँका जनताले निकै दुख पाएको बताए । ‘कागज पत्रको काम गर्न बेनी जानुपथ्र्यो, उतिबेला गाडीको बाटो आएकै थिएन, हिँड्दै जानु पथ्र्यो, यहाँबाट हिँडेर बेनी पुग्दा दुई दिन, फर्किँदा दुई दिन लाग्थ्यो, बाटोमा चोर लाग्ने गर्थे, निकै डर पनि हुन्थ्यो, आइमाई केटाकेटीलाई झन् धेरै समस्या हुन्थ्यो’, छन्त्यालले भने, ‘अहिले त बिहान सररर गाडीमा गयो, साँझ खाना खान घरै आइन्छ, यस्तो सुविस्ता होला भन्ने त कसले सोचेको थियो होला र ?’ उहाँले अहिले गाउँगाउँमा मोटर गाडी आउन थालेपछि १५ दिन लगाएर नुन ल्याउनु पर्ने बाध्यता हटेको भन्दै यसले आफ्नो चोली फेरिएको जस्तो भएको बताए ।

    ‘पहिलेको दुःखलाई सम्झिँदाखेरि त अहिले जुनी फेरिएको जस्ता लाग्छ, पहिलो कस्ता थिए ती दिन ?, अहिले कस्तो भयो ?, उतिबेला भोगेको दुःखलाई सम्झिँदा अहिले त कथा जस्तो लाग्छ’, छन्त्यालले भने ‘अहिले त सबथोक छ, के छैन ?, उति बेला घ्यू बोकेर १५÷१५ दिन लगाएर बटौली पुगेर नुन, चामल बोकेर आउने दिन गए, अहिले त घरमै जे भन्यो त्यही एकै छिनमा आउँछ ।’ गलेश्वरदेखि कुइनेमंगलेसम्म ३६ किलोमिटर सडकको ट्र्याक निर्माण भएर गाडी गुड्न थालेपछि यहाँका स्थानीयवासीले यस्तो सुविधा पाएका हुन् । अक्करे पहाड अजिंगर भिरमा रोकिएको सडकलाई तीन वर्षको प्रयासपछि स्थानीय सरकारका साथै प्रदेश, संघ र जलविद्युत् निर्माण गर्ने कम्पनीहरुसँगको साझेदारीमा सडकको ट्र्याक खुलेको हो ।

    विसं २०६७ देखि सडक निर्माण थालिएकोमा टुक्रे बजेटका कारण लामो समय लागेर सडक निर्माणले पूर्णता पाएको वडा नम्बर ४ का वडाध्यक्ष रुकबहादुर गर्वुजाले बताए । यस सडक सञ्जालले यस क्षेत्रका करिब पाँच हजार जनसंख्या प्रत्यक्षरूपमा लाभान्वित बनेका छन् । खच्चड र मानिसले नै बोकेर खाद्यान्नलगायतका सामान ढुवानी गर्दै आएका स्थानीयबासी सडकले सिधा सम्पर्क जोडिएसँगै गाउँमा उत्पादन हुने उपजलाई सहज बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन् ।

    यस क्षेत्रमा उत्पादन हुने आलु, सिमीलगायतका कृषि उपज र भेडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पु¥याउने अपेक्षा गरिएको वडा नम्बर ८ का वडाध्यक्ष गमान छन्त्यालले बताए । उनले धौलागिरि आइसफल पदमार्ग र रिखार क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्नसमेत सडकले सघाउने बताए । रासस

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.