• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बिकेन कुखुरा, किसान मारमा

  •   बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । बागलुङ नगरपालिका–३ का कुखुरापालक किसान देवेन्द्र पुनकामा रहेका ३०० ब्रोइलर कुखुराले ६० दिन नाघे । तौल बढेर चार किलो बढीका भइसके । पहिला ४०-४५ दिनमै कुखुरा बेच्नुपथ्र्यो ।

    अहिले कुखुरा खोरमै थन्किएका छन् । महङ्गो दाना खुवाएर पाल्नुपर्ने स्थिति छ । पुनको खर्च बढेको बढ्यै छ । निषेधाज्ञाका कारण कुखुरा बिकेका छैनन् । बजार, व्यवसाय ठप्प छ । मासुको खपत घटेको छ । यही बेला मूल्यमा पनि गिरावट आएको छ । “ज्यूँदो कुखुराको मूल्य प्रतिकिलो रु ३२० बाट रु २३० मा झरेको छ”, पुनले भने । निषेधाज्ञाअघि रु ५०० बढी पुगेको मासुको भाउ पनि घटेर अहिले ४४० भएको छ ।

    “कुखुरापालनमा खर्च धेरै छ, यसपालि लागत पनि नउठ्ने भयो, किसानलाई उल्टो घाटा छ”, पुनले भने, “कहिले स्थिति सहज हुन्छ भन्ने पनि कुनै टुङ्गो छैन ।” मासु धेरै खपत हुने होटल, रेष्टराँ नै अहिले बन्द छन् । फाटफुट्टरूपमा घरायसी प्रयोजनका लागि मात्र मासुको बिक्री भइरहेको छ । कतिपय व्यवसायी मासु पसल पनि बन्द गरेर बसेका छन् । खाद्यान्न, तरकारी, माछा, मासुलगायत दैनिक उपभोग्य सामग्री खरिदका लागि बिहान १०ः०० बजेसम्म मात्र बजार खुल्छ ।

    कुखुरापालक किसानले गरेको बीमा पनि ५० दिनसम्मका कुखुरामा मात्र लागू हुन्छ । पचास दिन कटेका कुखुरा कुनै रोगव्याधिले मरे पनि किसानले बीमा रकम पाउँदैनन् । पोल्ट्री व्यवसायी सङ्घ बागलुङका अध्यक्ष ध्रुव श्रेष्ठले यही बेला रानीखेत रोगले पनि कुखुरापालक किसानलाई सताएको बताए । “तीन/चार जना किसानको त खोर नै रित्तियो, एकातिर निषेधाज्ञाले कुखुरा नै उठेको छैन, अर्कातिर रोगले किसानलाई अप्ठेरो परेको छ”, उनले भने ।

    बिक्रीका लागि तयार भएका कुखुरा ठूलो मात्रामा किसानकामा रोकिएर बसेको श्रेष्ठले बताए । रु १३५ मा चल्ला किनेका किसानलाई ज्यूँदो कुखुरा थोकमा प्रतिकिलो रु २०० मा बेच्नुपर्ने बाध्यता आइलागेको उनको भनाइ छ । दाना पनि महङ्गिएपछि किसानलाई थप मर्का परेको छ । रु तीन हजार ४०० पर्ने दाना अहिले तीन हजार ६०० बढीमा किन्नुपर्छ । कुखुरा बिक्री नभई थन्किए किसानको लागत दैनिक बढ्दै जाने हुन्छ ।

    समयमा बेच्न नसक्दा कुखुरापालनको नियमित चक्रमा असर पुग्छ । सङ्घका अनुसार सहज समयमा सातामा २० हजार जति कुखुराका चल्ला बागलुङ भित्रन्छन् । अहिले चल्ला आयात भएका छैनन् । जिल्लामा झण्डै २०० व्यावसायिक कुखुरापालक किसान छन् । पछिल्लो समय ब्रोइलरसँगै स्थानीय जातका कुखुराको पनि व्यावसायिकपालन बढ्दो छ । रासस

    गण्डकी प्रदेशमा काँग्रेसका सांसद कुँवरले दिए राजीनामा
    महावीर पुनको पोखराका मेयरलाई जवाफ- प्राथमिकता कता हो !
    तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.