सांकेतिक तस्विर
सुर्खेत । ढुंगा प्रहारबाट एक पुरुषको मृत्यु भएको छ । लेकबेशी नगरपालिका-२ साँझे बस्ने ३१ वर्षीय बम बहादुर ठाडामगरको ढुंगा प्रहारबाट बुधबार दिउँसो मृत्यु भएको हो ।
घरायसी बिषयमा विवाद हुँदा उनकै दाइ ३४ वर्षीय टोप बहादुर ठाडामगरले टाउकोमा ढुंगाले प्रहार गर्दा गम्भीर घाइते भएका बमबहादुरको देउती नर्सिङहोम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय लेकबेशी र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले टोप बहादुरलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








