चितवन । चितवनमा पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार थपिएका जम्मा संक्रमित मध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ७४ जना छन् ।
त्यस्तै, खैरहनी नगरपालिकामा ४ जना, माडीमा ८ जना, रत्ननगरमा ७ जना, राप्तीमा २ जना, कालिकामा २ जना र इच्छाकामना गाउँपालिकामा १ जना मात्र रहेका छन् । यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या चार हजार १७७ पुगेको छ ।
जसमध्ये घरमा आइसोलेसनमा तीन हजार ९८९ जना, अस्पतालको आइसोलेसनमा १९८ जना र सामुदायिक आइसोलेसन केन्द्रमा ३० जना रहेका छन् । आजसम्म चितवनमा १४ हजार ८६ जनालाई कोरोना संक्रमित भएका छन् भने २२४ जनाको मृत्यु भएको छ ।








