काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६८२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, मन्त्रालयका अनुसार आज थप ५९०४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ७५ जनाको ज्यान गएको छ।








