नवलपुर । पूर्व नवलपरासीबाट लागु औषधसहित दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्ला नवलपरासी (पूर्व) देवचुली नगरपालिका वडा नम्बर ३ का सुदिप पौडेल.र सोही स्थान बस्ने आकाश थापा रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, नवलपरासीका अनुसार बिहिबार बिहान सांँढे १२ः३० बजे नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउंँपालिका वडा नम्बर २ दाउन्ने बजारको राजमार्गमा प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा पश्चिम बाट पूर्व तर्फ आउदै गरेको ना ५२ प ९४५८ नं. को मो.सा. रोकी उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट लागु औषध नुर्फिन ७० एम्पुल, फेनारगन ७० एम्पुल, डाईजापाम ७० एम्पुल, सिरिन्ज ८ वटा र नाईट्राभेट १० लेखिएको ३०० ट्यावलेट बरामद गरिएको कार्यालयका प्रवक्ता दिलिप कुमार गिरीले जानकारी दिए ।
उनीहरुमाथि थप अनुसन्धान भईरहेको छ । उनीहरुलाइए लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कसूर अन्तर्गत कारवाही हुने प्रवक्ता गिरीले बताए ।








