गजल
मन्त्रि खान कुकुरले हड्डि खान धाए झैं धाएको हेर,
मन्त्रि खान साथीलाई लडाई अगाडी आएको हेर ।
मन्त्रिको पद कस्तो हो कुन्नि आँफैले मात्रै खानु पर्ने
त्यहि पदमा जानको लागि दुष्टसंग मित लाएको हेर ।
सरकारमा बस्नेले जनताको लागी राम्रो काम गर्नुपर्छ
विडम्वना त्यहि पदमा बस्नेले कमिसन खाएको हेर ।
पद नपाउँदा सम्म राम्रो कामको पनि विरोध गर्नेहरू
पद पाए पछि टाउको पाउमा राखि गित गाएको हेर ।
जान्नु पर्छ राजनिति गर्नेले कुटनिति अनि चाणक्यनिति
सबै निति जानेर त हो नि आज एकछत्र छाएको हेर ।
भरतपुर-११, चितवन








