चितवन । आज २७ औं मदन–आश्रित स्मृति दिवस। तर यसपटक कुनै औपचारिक कार्यक्रम छैन । कोरोनाका कारण देश लकडाउनमा भएकाले औपचारिक कार्यक्रम गरिएको छैन । तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङगामा दुर्घटनामा परी निधन भएको थियो । २०५० जेठ ३ गते आजकै दिन मदन–आश्रित चढेको जीप दासढुगाबाट त्रिशुलीमा खसेको थियो । उनीहरुको स्मरणका लागि दासढुंगामा दुवै जनाको शालिक निर्माण गरिएको छ । प्रत्येक वर्ष सोही शालिकमा माल्र्यापण गर्ने गरिएको छ । आज औपचारिक कार्यक्रम नभए पनि मदन र जीवराजलाई आदर्श नेता मान्ने नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लगायतले उनीहरुलाई स्मरण गर्दैछन्। नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद ९जबज० मार्फत लोकतान्त्रिक मार्गमा लैजान भण्डारीले महत्वपूर्ण भूमिका खेलेका थिए।








