काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३४७९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३०२४ र एन्टिजेन विधिबाट ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ५ लाख ८८ हजार १२४ र एन्टिजेनबाट १३ हजार ५५९ जना पुगेको छ । यस्तै, आज थप ६ हजार ६३६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ९१ हजार ९ पुगेको छ । आज संक्रमणबाट थप ९९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ७ हजार ८९८ पुगेको छ । निको हुनेको दर ८३.५ प्रतिशत छ ।








