काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । शनिबार नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । ति दुई संक्रमित काभ्रे र महोत्तरीका रहेको डा देवकोटाले पत्रकार सम्मेलनमा बताए । यसअघि शनिबार आजै ९ जनामा कोरोना पुष्टि भएको थियो । नेपालमा कोरोना निको हुनेको संख्या ३६ रहेको छ ।








