काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५१५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३८७० र एन्टिजेन विधिबाट १२८३ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ५ लाख ९५ हजार ३६४ र एन्टिजेनबाट १५ हजार ९४४ जना पुगेको छ । यस्तै, आज थप ६ हजार ५७० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ ।
निको हुनेको दर ८४.७ प्रतिशत छ । आज संक्रमणबाट थप १०८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ९८ पुगेको छ ।








