• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा मलमा मनपरी : पहुंँच हुनेले बढी लाभ, नहुने रित्तै

  •   बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । देशभर रसायनिक मल सहज भईरहेको खबर सम्प्रेषण भईरहेका बेला चितवनको बास्तविकता भने फरक पाईएको छ । चितवनमा केही स्थानहरुका किसानले सहजरुपमा मल पाएका छन भने कतिले पाएका छैनन । अधिकांश पहुंँच हुने र टाठाबाठाले एक भन्दा बढी पटक मल पाएपनि सोझासाझा किसानले भने एकपटक नपाएको गुनासो छ ।
    कृषि सामाग्री संस्था लिमिटेड , चितवनका अनुसार मंगलबारसम्म २ हजार ७सय ९९ बोरा युरिया, ७९८ बोरा डिएपी र १२३ बोरा पोटास मौज्दात छ । कार्यालयका प्रमुख राजन वगाले चितवनमा विगतका बर्षहरुको तुलनामा मलको आपुर्ति र वितरण केही सहज भएको दाबी गर्छन । ‘अहिले स्थानीय तहको सिफारीश अनुसार मलको माग र वितरण हुन्छ ।’वगालेले भने । सबै स्थानमा सन्तुलित ढंगलेनै मल वितरण हुन्छ ।’ जिल्लाका कृषि सहकारी संस्थाहरुले सिफारीशका आधारमा मल विक्री वितरण गर्दै आएका हुनाले पनि प्रत्येक किसानले मल पाएको उनीहरुको भनाई छ ।

    जिल्लामा कृषि सामाग्री र साल्ट ट्रेडिङ्ग कम्पनीले मल विक्रि वितरण गर्दै आएका छन । मलको आपुर्ति र वितरण दैनिक रुपमा हुने र मौज्दात नरहने साल्ट ट्रेडिङ्ग कम्पनीका प्रमुख बुद्धि विनोद दाहाल बताउंँछन । ‘सबै मल अहिले नियमित जस्तो आउंँछ । उनले भने,जसरी आउंँछ मौज्दात नराखी सोही अनुसार सहकारीलाई वितरण गरिन्छ ।’ उनका अनुसार जेठ महिनाको मंगलबारसम्म कम्पनीले युरिया, डिएपी र पोटास गरी ४ हजार २सय बोरा मल वितरण गरेको छ भने चालु आर्थिक बर्षको बैशाखसम्म सबै मलगरी ७२ हजार ६० बोरा बिक्री वितरण गरिसकेको छ ।

    प्रमुख दाहालले स्थानीय तहको सिफारीशको आधारमा कम्पनीले मल वितरण गर्ने भएकोले कम्पनीलाई मल अभाव र सहजताको बारेमा थाहा नहुने बताए । हाल कम्पनीमा कत्ति मल मौज्दात छ त्यो बिषयमा पनि जानकारी दिन नमिल्ने उनले बताए । यो समयमा चितवनमा पूर्वी चितवन तिर धान रोप्ने बेला भएको र पश्चिम चितवनतिर धानको बीउ लगाउने समय भएकोले मलको त्यति चाप नभएको उनको भनाई छ । ‘डिएपी भन्दा बढी युरिया मलको माग पनि बढी हुन्छ अभाव पनि युरियाकै हुन्छ ।’ दाहालले भने ।

    जिल्लाका कृषि सहकारीहरुले पनि मलको आपुर्ति अनुसार किसानको जग्गाको क्षेत्रफलको आधारमा मल वितरण गरेको बताउंँछन । खैरहनी नगरपालिका वडा नम्बर १० स्थित महिला साना किसान तथा सहकारी लिमिटेडका सहायक प्रबन्धक कमला सुयंँल हाल सो क्षेत्रमा रोपाई गर्ने बेला भएकोले युरिया मलको अत्याधिक माग रहेको बताउंँछिन ।‘ किसानहरुले फोन गरेर मलको बारेमा सोधिरहेका छन । हामीले नाम लिष्टिङ्गको आधारमा रेकर्ड राखेका छौं ।’सुयंँलले भनिन । मल अभाव हुन्छ भन्ने हल्लाले कतिपय किसानले मल छर्ने समय भन्दा अगावै लगेर राख्नको लागि मलको माग गर्दै आएको सुयंँलको भनाई छ । उनका अनुसार स्थानीय तहको सिफारीशकै आधारमा मल वितरण गरिएको भएपनि किसानको माग अनुसार भने मल वितरण पुरा गर्न सकिएको छैन ।

    मलको आपुर्ति यो बर्ष केही सहज भएको देखिएपनि मागभन्दा आधा मात्र मलको आपुर्ति हुने गरेको बताउंँछन कृषि ज्ञानकेन्द्र चितवनका प्रमुख राजन ढकाल । ‘सबै स्थानमा सन्तुलित ढंगले मल वितरण भएको छ भन्ने त छैन ढकालले भने, तर स्थानीयतहको सिफारीसको आधारमा मल वितरण हुने भएकोले वितरण प्रणाली केही प्रभावकारी भने छ ।’ अझैपनि कतिपय स्थानीय तहले आफ्नो वडाका किसानको तथ्यांक, विवरण ढिला पेश गरेको हुनाले सबै किसानको पहुंँचमा एकैपटक मल नपुग्ने गरेको ढकालको भनाई छ । ‘मलको अभाव भन्दा पनि वितरण र व्यवस्थापन चुस्त र दुरुस्त हुनुपर्यो उनले भने, पहुंँच हुनेले बढी लाभ लिएको र पहुंँच नहुनेले पाएका छैनन ।’

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.