पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनको लागि आह्वान गरेही छन् । प्रदेश प्रमुख पौठेलले शुक्रबार संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी हुन् ।
मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ ।








