• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

फूलखेती किसानको गुनासो: निशेधाज्ञाले फूल विक्री भएन, जोत्नुको विकल्प छैन

  •   शनिबार, जेठ २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । देशभर जारी निशेधाज्ञाका कारण सबैजसो आर्थिक गतिविधि तहसनहस छन । कतिपय व्यवसाय ठप्प छन । सभा, सेमिनार, विवाहत्सोव, धार्मिक अनुष्ठान सबै बन्द छन । जसले गर्दा यी गतिविधिमा निर्भर सहयोगी व्यवसाय भने थप मर्कामा परेका छन । चितवनमा तरकारीखेती,दुध उत्पादन,माछा, कुखुरा अण्डा व्यवसायमा निशेधाज्ञाले असर परिरहेको बेला त्यो भन्दा बढी असर फूलखेतीमा पनि परेको छ ।

    निशेधाज्ञाकै कारण फुलिसकेका फूल ओइल्याएका छन त कतिपय किसानले फूल बिक्री नहुंँदा जोतेर समेत फाल्नु परेको छ । अहिले ढकमक्क फूलले बजार नपाउंँदा किसान त दुःखी छन फूलहरु सजिन नपाउंँदा दुःखी भएका छन । ‘ निशेधाज्ञामा मेरो १२ कठ्ठामा लगाएको गोदावरी फूलले बजार नपाउंँदा सबै जोतेर फांँले । ’नेपाल फ्लोरिकल्चर एशोसियन , चितवनका शाखाका अध्यक्ष प्रकाश पन्त भन्छन । हाल उनको नर्सरीमा अब आउने सिजनको लागि फूल लगाउन विरुवा तयार छन तर यो निशेधाज्ञा कहिलेसम्म लम्बिने हो र यसको असर कहिलेसम्म पर्ने निश्चित छैन ।

    यो डेढ महिनाको अवधिमा मात्र झण्डै पांँच लाख बराबरको फूल जोतेर फाल्नु परेको उनले सुनाए । उनीजस्तै व्यवसायकि फूल खेती गर्ने किसान र नर्सरीमा विरुवा उत्पादन गर्ने किसानको अवस्था पनि पन्तको भन्दा फरक छैन । कतिपय किसानको फूलखेती त्यसै ओइल्याएको छ कतिपयले थोरै पैसामा भएपनि फूल बेच्नु पर्ने अवस्था छ । निशेधाज्ञा र कोरोना कहर अनिश्चित हुंँदै जांँदा नर्सरीबाट बारीमा फूल लगाउन पनि किसानले छाडेका छन । बिशेषगरी काठमाडौं र पोखरा लगायतका शहरहरुमा यहांँको फूलहरु जाने गर्छ ।

    ‘चितवनमा त फूल बिक्रीनै छैन भन्दा हुन्छ, भरतपुर महानगरपालिका वडा नम्बर २६ का किसान दिपक पाख्रिन भन्छन , मेरो अहिले सयपत्री पशुपति आर्यघाट बाट केही अर्डर छ ।’ बारीमा ढकमक्क सयपत्री फूल फूलिरहेपनि चर्को भाडा तिरेर काठमाडौं फूल पठाउँने गरेको पाख्रिनले बताए । ‘अहिले फूल किन्नेको साहुहरुको फोननै उठ्दैन , उहांँहरुले पनि फोन गर्नै छाड्नु भो ।’उनले दुखेसो पोखे । सयपत्री फूल एक गाडीको १० हजार रुपैयांँ तिरेर पशुपतिमा १५ हजार रुपैयांँमा फूल बिक्री गर्नु परेकोे उनले बताए । ‘अब भएका फूल बिक्री हुनै छाडे नयांँ फूल लगाएपनि बिक्रीको कुनै ग्यारेन्टीनै छैन ।’

    पाख्रिनले भने । निशेधाज्ञाको अनिश्चितता र विभिन्न सभा कार्यक्रम खुल्ने कुने टुंगो नभएकोले नयांँ फूल लगाउन जांँगरनै नभएको उनको भनाई छ । पछिल्लो दशकमा चितवनमा फूलखेतीको आकर्षण बढ्दै गएको थियो तर गतबर्षदेखिको कोरोना महामारीका कारण फूलहरुको माग भएपनि सदुपयोग नहुंँदा फूलखेती किसान थप चिन्तित बनेका हुन् । ‘फूललाई न भण्डारण गर्न सकिन्छ न अहिले बिक्री नै भएको छ भरतपुर महानगरपालिका वडा नम्बर १८ का अर्का किसान कमल अर्याल भन्छन । उनले दुईबर्षअघिमात्र फूलखेती शुरु गरेका हुन् । ‘जब मैले फूलखेती शुरु गरें त्यससमयदेखिनै लकडाउन र निशेधाज्ञा शुरु भयो ।’

    उनी चिन्तित हुन्छन । हाल उनले डेढ विघामा ग्योडोलस फूल लगाएका छन तर अहिले फूल बिक्री योग्य भएपनि निशेधाज्ञा भएका कारण सबै फूल जोत्न लागेको उनले बताए । ‘यो फूल तयार भएपछि एकहप्ता भन्दा बढी राख्नै मिल्दैन अर्यालले भने, निशेधाज्ञाको खुल्ने टुंगो पनि छैन । जोत्नुको विकल्प पनि छैन ।’ हालसम्म २२ लाख बराबरको फूल खेतीबाट नोक्सान बेहोरेको उनको भनाई छ । करीब डेढमहिना अघिदेखिको निशेधाज्ञाले चितवनको पुष्प व्यवसायमा पांँच करोड बराबरको नोक्सान भएको अनुमान गरिएको छ ।

    नेपाल फ्लोरिकल्चर एशोशियन, चितवन शाखाका अनुसार निशेधाज्ञा अघि तयार भएका फूल बिक्री नहुंँदा र निशेधाज्ञापछि जोतेर फ्याक्नुपर्दा फूल किसानलाई घाटा भएको हो । एशोसियसनका अध्यक्ष प्रकाश पन्तले निशेधाज्ञाका कारण अर्डर गरिएका फूलपनि बजारमा जान नसक्दा र अधिकांश शुभकार्यहरु रोकिदा यसको मुख्य असर फूल व्यवसायमा परेको बताए । हाल न नर्सरीका विरुवा फूल बिकेका छन नत तयार भएका फूल बिक्ननै सकेका छैनन । यस्तै अवस्था आउने हो भने अधिकांश फूलखेती किसान विस्थापित हुने र फूलको लागि फेरी भारत लगायत अन्य राष्ट्रसंँग भरपर्नुपर्ने अवस्था आउने उनको भनाई छ ।

    एशोशियनले दिएको जानकारी अनुसार चितवनमा ३० विघा भन्दा बढी क्षेत्रफलमा व्यवसायिक फूल खेती हुदै आएको छ । यहांँ व्यवसायिक फूलखेती गर्नेको संख्या ५० को हाराहारीमा छ भने फूलको नर्सरी र गार्डेनिङ्ग गर्नेको संख्या २० को हाराहारीमा छ । चितवनमा बुकी फूल, कटफ्लावर ,रोज र ग्याडोलस जस्ता मौसमी फूलको व्यवसायिक खेती पनि हुदै आएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.