स्याङजा । गल्याङ नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। वडा नम्बर ४ मोतीचौर की ६१ वर्षीया उतिसरा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ। शनिबार साँझ ५ बजे घर नजिकैको निजी खरबारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर थापाको मृत्यु भएको हो। अबेरसम्म थापा घर नआएपछि घरका परिवार खोज्न जाँदा थापा मृत अवथामा भेटिएकी थिइन्।








