• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनको फूलखेतीमा ५ करोड रुपैयाँ नोक्सानी

  •   आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोना महामारीका कारण लागू गरिएको निषेधाज्ञाका कारण चितवनको फूलखेतीमा ५ करोड रुपैयाँ बराबरको नोक्सान प्रक्षेपण गरिएको छ । फ्लोरिकल्चर एशोसिएसन चितवनका अनुसार यहाँ उत्पादन हुने बाह्रैमासे फूल र मौसमी फूलखेती गरी उक्त घाटा भएको आकलन गरिएको हो । फूलको माग राम्रै भएपनि निषेधाज्ञाले गर्दा फूलले बजार नपाउँदा नोक्सान व्यहोर्नु परेको एशोसिएसनले जानकारी दिएको छ । एशोसिएसनका अध्यक्ष प्रकाश पन्त निषेधाज्ञापछि करीब डेढ महीनाको अवधिमा ५ करोड रुपैयाँ बराबर नोक्सान भएको बताउँछन् ।

    अहिले बिशेष गरी तयारी अवस्थाका ग्लाडियस, गोदाबरी र सयपत्री फूल विक्री नहुँदा बारीमै सुकिसकेको छ । उनले १२ कट्ठा क्षेत्रफलमा लगाएको गोदाबरी फूल सुकेर जाँदा ५ लाख रुपैयाँ जति नोक्सान भएको बताए । अन्य किसानको पनि १ लाखदेखि २५ लाख रुपैयाँसम्मको नोक्सान भएको बताउँदै उनले भने, ‘सबैगरी ५ करोड रुपैयाँ बराबरको क्षति भएको आकलन गरेका छौं । ’ उनका अनुसार निषेधाज्ञाका कारण अर्डर गरिएका फूलपनि बजारमा जान नसक्दा र अधिकांश शुभकार्य, सभा, सेमिनार तथा धार्मिक अनुष्ठानका कार्यहरु रोकिएकाले यसको मूख्य असर फूल व्यवसायमा परेको हो ।

    भरतपुर महानगरपालिका- १८ का अर्का किसान कमल अर्याल गत वर्षदेखि हालसम्म २२ लाख रुपैयाँ बराबरको फूलखेतीबाट नोक्सानी भएको बताउँछन् । गत वर्षदेखिको कोरोना महामारीका कारण फूलहरुको माग भएपनि यसको प्रयोगमा नआउँदा फूलखेती किसानले नोक्सानी व्यहोर्नु परेको हो । हाल उनले डेढ बिघामा ग्योडोलस फूल लगाएका छन् तर अहिले फूल विक्री योग्य भएपनि निषेधाज्ञा भएका कारण सबै फूल जोत्न लागेको उनले बताए । ‘यो फूल तयार भएपछि एक हप्ताभन्दा बढी राख्नै मिल्दैन अर्यालले भने, ‘निशेधाज्ञाको खुल्ने टुंगो पनि छैन, जोत्नुको विकल्प पनि छैन ।’ निषेधाज्ञाकै कारण किसानको बारीमा फुलिसकेका फूल ओइल्याएका छन् त कतिपय किसानले लागत बराबरमै फूल विक्री गर्दापनि फूलको माग शून्य जस्तै छ ।

    व्यवसायकि फूल खेती गर्ने किसान र नर्सरीमा विरुवा उत्पादन गर्ने किसानले पनि विक्री नभएको बताउँछन् । विशेषगरी काठमाडौं र पोखरालगायतका शहरहरुमा यहाँको फूलहरु विक्रीवितरण हुने गर्छ । ‘चितवनमा त फूल विक्री नै छैनभन्दा हुन्छ, भरतपुर महानगरपालिका- २६ का किसान दिपक पाख्रिन भन्छन , ‘मेरो अहिले सयपत्री फूल पशुपति आर्यघाटबाट केहीमात्र अर्डर छ ।’ त्यो पनि फाइदा नखाई पठाएको छु ।’ उनको बाह्रैमास विक्री हुने सयपत्री फूलपनि विक्री हुन सकेको छैन ।

    उनको दुई बिघा क्षेत्रफलमा ढकमक्क सयपत्री फूल फुलिरहेपनि चर्को भाडा तिरेर काठमाडौं फूल पठाउनु परेकोे पाख्रिनले बताए ।सयपत्री फूल एक गाडीको १० हजार रुपैयाँ तिरेर पशुपतिमा १५ हजार रुपैयाँमा फूल विक्री गर्नुपरेकोे उनको भनाइ छ । निषेधाज्ञाको अनिश्चितता र विभिन्न सभा कार्यक्रम खुल्ने कुनै टुंगो नभएकोले नयाँ फूल लगाउन किसानले जाँगर चलाएका छैनन् । पछिल्लो दशकमा चितवनमा फूलखेतीको आकर्षण बढ्दै गएको थियो, तर पटक-पटकको लकडाउन र निषेधाज्ञाले फूलखेती विस्तार हुन छाडेको छ ।

    यस्तै अवस्था रहने हो भने अधिकांश फूलखेती किसान विस्थापित हुने र फूलको लागि फेरि भारतलगायत अन्य तेस्रो मुलुकसँग भर पर्नुपर्ने अवस्था आउने किसानहरुको भनाइ छ । एशोसिएसनले दिएको जानकारी अनुसार चितवनमा ३० बिघाभन्दा बढी क्षेत्रफलमा व्यवसायिक फूल खेती हुँदै आएको छ । यहाँ व्यवसायिक फूलखेती गर्नेको संख्या ५० को हाराहारीमा छ भने फूलको नर्सरी र गार्डेनिङ्ग गर्नेको संख्या २० को हाराहारीमा छ ।

    चितवनमा बुकी फूल, कटफ्लावर ,रोज र ग्याडोलस जस्ता मौसमी फूलको व्यवसायिक खेती पनि हुँदै आएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.