• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनका अटोमोबाइल व्यवसायी भन्छन : माग भएर के गर्नु आपुर्ति छैन

  •   आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन लगायत अधिकांश जिल्लामा जारी निशेधाज्ञाका कारण चितवनका अटोमोवाइल व्यवसायी थप मारमा परेका छन । व्यवसायीको वर्कसप र सर्भिस सेन्टर खुल्ला भएपनि शोरुमबाट नयांँ गाडी तथा मोटरसाइकल बिक्री गर्न पाएका छैनन भने अधिकांश भारतबाट आउने गाडीको पनि आपुर्ति ठप्प छ । निशेधाज्ञाबीचपनि नीजि कार तथा व्यवसायकि गाडीहरुको माग भएपनि शोरुम खोल्न नपाउंँदा उनीहरु मर्कामा परेका हुन् ।

    अधिकांश अटोमोबाइल शोरुममा गाडीको स्टक सकिसकेको छ भने कति शोरुममा थप नयांँ गाडीहरु आउन नसकेको व्यवसायीहरुले बताएका छन । चितवन अटोमोबाइल डिलर्स एशोसियसनका अध्यक्ष एवं ह्युनडाई गाडीका बिक्रेता ईश्वरकुमार श्रेष्ठ गाडीको माग भएपनि आपुर्ति हुन नसकेको बताउंँछन । ‘निशेधाज्ञा अघिपनि ग्राहकको चाप थियो । अहिलेपनि बुकिङ्ग छ तर ग्राहकलाई दिन सकिएको छैन ।’ श्रेष्ठले भने । उनका अनुसार नेपालभन्दा अघिनै भारतमा लकडाउन भएको र त्यहांँ उत्पादन हुन छाडेपछि यसको आपुर्तिको असर नेपालमा परेको हो । ‘हामीकहांँ सबै वर्गलाई लक्षित हुने गाडी छ माग पनि त्यसैको छ, श्रेष्ठले भने, तर बिक्री भने शुन्य छ ।’

    हाल उनको वर्कसपमा पनि अत्याबश्यक गाडीहरुको मर्मत सम्भारको काम मात्र भएको उनले बताए । गतसालदेखि लकडाउन र निशेधाज्ञाले गिजोलेको कारण हाल ठुला उद्योगी व्यवसायी घरानाले पनि मध्यम रेञ्जका गाडी चढ्ने गरेका छन । जसले गर्दा ठूला महंगा विलासी गाडीभन्दा बढी साना गाडीमा आकर्षण बढेको छ । ‘कम रेञ्जका गाडीको माग राम्रै छ । माग भएर के गर्नु शोरुममा गाडीनै छैन ।’ थ्रिडिज मोटर्सका प्रबन्ध निर्देशक दिनबन्धु चापागाईले भने ।

    प्रायः गाडी शोरुममा त्यति भीडभाड नहुने र स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरिएकोले यो व्यवसायलाई सहज बनाउनु पर्ने उनको तर्क छ । कोरोना जोखिमका कारण बन्द भएका सार्वजनिक यातायातका कारण साना ढुवानी गर्ने गाडी तथा मालबाहक गाडीको बिक्री भने सन्तोषजनक रहेको छ । तर ग्राहकले लगिसकेको गाडी यातायात तथा सेवा कार्यालयबाट उनीहरुको नाममा नामसारी गर्न नपाउंँदा आफूहरु दोहोरो मारमा परेको बताउंँछन सफल मोटर्सका प्रबन्ध निर्देशक एवं सिप्रदी ट्रेडिङ्गका आधिकारिक बिक्रेता गोपाल भट्टराई । ‘गाडीको माग पनि छ, बिक्री पनि ठिकै छ तर यातायातमा नामसारी नहुंँदा बैंकबाट भुक्तानी पाइएन ।’ भट्टराईले भने ।

    यसका लागि स्थानीय प्रशासन र यातायात व्यवस्था कार्यालयले सहज र विकल्प अपनाउनु पर्ने भट्टराईले बताए । चारपांँग्रे गाडीको बिक्री र आपुर्ति ठप्प भएसंँगै निशेधाज्ञाले दुई पांँग्रे सवारीसाधनमा समेत गम्भिर असर परेको छ । दुईपांँग्रे सवारीाधनको माग, मौज्दात भएपनि कोभिडका कारण माग भएपनि बेच्न नसकेको बताउंँछन नवीन अटो सेन्टरका प्रबन्ध निर्देशक एवं यामाहा कम्पनी नारायणगढका आधिकारिक बिक्रेता कपिल कर्माचार्य । ‘गाडी शोरुमभन्दा मोटरसाइकल शोरुम अलि बढी भीडभाड हुने क्षेत्र हो, उनले भने, फोन इन्क्वायरी आएपनि बिक्री भने गरेका छैनौं ।’ हाल शोरुममा मोटरसाइकलको मौज्दात केही महिना पुग्ने भएकोले आपुर्तिमा समस्या भने नभएको उनको भनाई छ ।

    कामदारका लागि कोभिड भ्याक्सिनको माग अटोमोबाइल व्यवसायीले वर्कसप खुलेपनि जोखिममुक्त अवस्थामा भने काम नहुने गरेको बताएका छन । वर्कसप खोलेर मर्मतसम्भार र सर्भिसिङ्गको कामलाई निरन्तरता दिएपछि कोभिडको उच्च जोखिम भने कायम रहेको बताएका हुन । ‘शोरुममा भन्दा वकसर्पमा बढी जोखिम छ ,थ्रीडीजका प्रबन्ध निर्देशक चापागाईंले भने , कमसेकम अटोमोबाईल मजदुरलाई सरकारले भ्याक्सिन उपलब्ध गराईदिनुपर्यो ।’

    उनका अनुसार हाल अत्याबश्यक सवारी साधन र अग्रपंक्तिमा काम गर्ने पेशागत कर्मचारीहरुकै सवारी साधन मर्मतगर्दा थप जोखिम हुने चापागाईंको भनाई छ । सार्वजनिक यातायात बन्द भएपछि मालबहाक गाडी माग र चाप बढेपछि त्यही प्रकृतिका सवारी साधन बिग्रने गरेका कारण वर्कसपमा काम गर्ने मजदुर, प्राविधिक बढी जोखिम पर्ने गरेका हुन् । ‘अहिले कमर्सियल नयाँ गाडीको मागको साथै मर्मत पनि बढी हुन्छ , अटोवेज प्रालिका प्रबन्धक निर्देशक इन्द्र रेग्मीले भने, हामी भन्दा बढी प्राविधिक मजदुर जोखिममा पर्ने भए ।’

    सरकारले यस क्षेत्रका मजदुर, प्राविधिकलाई कोभिड भ्याक्सिन छिटो उपलब्ध गराउनु पर्ने उनले माग गरे । नवीन अटो सेन्टर प्रालिका प्रबन्ध निर्देशक कर्माचार्य पनि वर्कसप तथा बाटोमा सवारीसाधन विग्रदा ग्राहकलाई अन द स्पोट सर्भिस दिनुपर्ने हुंँदा पनि उनीहरुका लागि कोभिड भ्याक्सिन प्राथमिकतामा राख्नुपर्ने कर्माचार्यको भनाई छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.