• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जिल्लामा वार्षिक ४० हजार युनिट रगत खपत

  •   मङ्गलबार, असार ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगत खपत हुने गरेको छ । ठूलो सङ्ख्यामा हुने सुत्केरी, क्यान्सरका बिरामी, दुर्घटनाका घाइते र ठूला शल्यक्रिया हुने भएकाले यहाँ रगतको माग बढी भएको हो ।

    क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले विगतमा यहाँ सङ्कलन गरेको रगत राजधानी काठमाडौँ लगायतका ठूला शहरमा पठाउने गरिएको भए पनि पछिल्ला वर्षमा बाहिरी जिल्लाबाट समेत ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ ।

    नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति ज्ञानशाली न्यौपाने यहाँका दुई ठूला मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र दुई दर्जन हाराहारी निजी अस्पतालमा दैनिक १५० युनिट हाराहारी रगतको माग हुने गरेको बताउँछन् ।उनका अनुसार यहाँ रगतको माग पूर्ति गर्न चितवनसहित छिमेकी जिल्लाबाट रगत सङ्कलन गरी ल्याइने गरिन्छ । उनले भने, “मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, नवलपरासी लगायतका जिल्ला पुगेर रक्तदान कार्यक्रम गरी रगत ल्याउने गरेका छौँ ।” केन्द्रले मनाङबाट समेत रगत ल्याएर यहाँको आपूर्ति धान्ने गरेको उनको भनाइ छ ।

    वर्षैभर रगतको अभाव हुने गर्दछ । बिरामीका आफन्त र साथीभाइसँगै स्वयंसेवी रक्तदातासँग सहयोग मागेर रगतको परिपूर्ति गर्ने गरिएको छ । काठमाडौँको प्रसूतिगृहपछि धेरै प्रसूति यहाँ हुने गर्दछन् । पछिल्ला वर्षमा शल्यक्रिया गरेर बच्चा जन्माउने क्रम बढ्दै जाँदा रगतको माग बढेको हो । क्यान्सरका बिरामीलाई धेरै रगत दिनुपर्ने हुन्छ ।

    केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार यसका अतिरिक्त ठूला शल्यक्रिया र दुर्घटनाका घाइतेलाई पनि बढी मात्रामा रगत आवश्यक पर्दछ । केन्द्रले स्थानीय तह र सङ्घसंस्थालाई रक्तदानमा उत्प्रेरणा जगाउन अनुरोध गर्दै आएको छ । जिल्लाका सात पालिकामध्ये माडी र इच्छाकामनाले आफ्ना पालिकावासीलाई आवश्यक पर्ने रगतको भुक्तानी गर्दै आएका छन् । तीसँगै सबै पालिकाले रक्तदान कार्यक्रम आयोजकलाई प्रतिरक्तदाता रु १०० दिँदै आएका छन् । यो रकम बढाएर सहयोग गर्न अनुरोध गरिएको पौडेलले बताए।
    यसका अतिरिक्त टोल विकास संस्थामा रक्तदानसम्बन्धी उत्प्रेरणा जगाइदिन सहयोग गर्न सबै पालिकामा नेपाल रेडक्रस सोसाइटीले अनुरोध गर्दै आएको छ । आउँदा केही वर्षमा वार्षिक ५० हजार युनिटभन्दा बढी रगत आवश्यक पर्ने अनुमान गरिएको छ । जिल्लामा ३५० भन्दा बढी संस्थाले वार्षिक क्यालेन्डर बनाएर रक्तदान गर्दै आएका छन् । यसका अतिरिक्त विभिन्न सामाजिक सङ्घसंस्थाले समयसमयमा कार्यक्रम आयोजना गर्ने गरेका छन् ।

    भरतपुर अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा कृष्णप्रसाद पौडेल आन्तरिक र बाह्य रक्तस्रावका कारण रगतको मात्रा घटेमा रगत दिनुपर्ने बताए । उनले भने, “हेमोग्लोबिन र शरीरमा रगतको मात्रा बढाउन रगत अत्यावश्यक छ ।” समयमा रगत प्राप्त नभएमा बिरामीको मृत्युसमेत हुन सक्ने भएकाले रगत अति महत्वपूर्ण हुने उनको भनाइ छ । रासस

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.