पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते विश्वासको मत लिने भएका छन् । जेठ २९ संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुख सीता पौडेलले प्रदेशका मुख्यमन्त्री नियुक्त गरेका नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पोखरेलले विश्वासको मत लिने भएका हुन् ।
संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार पोखरेलले संसदबाट असार ४ गते विश्वासको मत लिने तयारी रहेको जनाइएको छ।
उनलाई मुख्यमन्त्री बनाउन जसपा, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदले समर्थन गरेका थिए। मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिएपछि मात्र प्रदेशसभाको बैठकमा बजेट बारे छलफल हुने जनाइएको छ।








