काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २८२८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०१४ र एन्टिजेन विधिबाट ८१४ जनामा संक्रमण पुष्टि भएको हो । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख १४ हजार २१६ र एन्टिजेनबाट २३ हजार २१७ जना पुगेको छ । यस्तै, आज थप ३ हजार ८२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ । निको हुनेको दर ८८.५ प्रतिशत छ । आज संक्रमणबाट थप ५२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ५५८ पुगेको छ ।








