सांकेतिक तस्बिर
बझाङ । बझाङको तलकोट गाउँपालिका–६ रजाडामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो धारामा पानी भर्दै गर्दा जमिन भासिएर पहिरो जाँदा स्थानीय वर्ष ६० की सुना दमाईको पुरिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, उनको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।








