• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

राक्सीराङका चेपाङ्गसहित ४ सय ५० घरधुरीलाई १० लाखको राहत वितरण

  •   सोमबार, असार ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन र मकवानपुरको सिमानामा पर्ने राक्सीराङ गाउँपालिका सिलिङ्गे गाँउका चेपाङसहित विपन्न ४ सय ५० घरधुरीलाई खाद्यान्न सहयोग गरिएको छ । सौराहाका युवा पर्यटन व्यवसायी शिरलाल परियारको अगुवाईमा १० लाख रुपैयाँ बराबरको खाद्यान्न आज राक्सीराङ गाउँपालिका वडा ६ का स्थानियहरुलाई हस्तान्रण गरिएको हो । स्थानियलाई एक महिना पुग्ने खाद्यान्न सहयोग गरेको व्यवसायी तथा ग्रिन सोसाईटी नेपाल सौराहाका महासचिव समेत रहेका शिरलाल परियारले जानकारी दिए ।

    राक्सीराङ गाउँपालिका वडा ६ का वडा अध्यक्ष सिंहलाल प्रजाको प्रमुख आतिथ्यतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा प्रति घर २० केजी चामल, १ लिटर तेल, १ पोका नुन, २ पोका मस्यौरा प्रदान गरिएको थियो । भने यस्तै १२ बढी घर परिवारलाई खान पकाउने र खाने भाडा समेत सहयोग गरिएको थियो । बर्षिेनी अनिकालको चपेटामा रहेका यहाँ चेपाङ्गसहितका विपन्न समुदायले यो पटक लकडाउनका कारण खाद्य संकट नै आईपरेको वेलामा आएको सहयोगले ठुलो राहत मिलेको वडा अध्यक्ष प्रजाले बताए ।

    उनले राक्सिराङ्गमा यसरी पहिलो पटक सबै वडावासीहरुलाई पुग्ने गरि राहत वितरण भएको भन्दै दाताहरुको सहयोगमा हस्तान्तरण गर्न पाएकोमा सहयोगीमनहरुलाई धन्यवाद प्रकट समेत गरे । “हामी स्थानिय सरकार भएर पनि चेपाङ्ग, तामाङ्ग र मगर समुदायको बाहुल्यता रहेको यहाँ कुनै सहयोग गर्न सकेका थिएनौँ, तर शिरसरसहित विदेशी टिमले सहयोग पठाएर राहत बाडिएको छ । अब भने, यहाँ ढुक्कसँग चुल्लो बल्नेछ ।” विभिन्न सामाजिक कार्यमा संलग्न परियार यो पटक समस्यामा परेका विपन्न समुदायलाई आफ्ना विदेशी साथीहरु मार्फत सहयोग जुटाउदै ठाँउ–ठाँउमा राहत बाड्दै आएका छन् ।

    पर्यटन व्यवसाय ठप्प रहेको वेला विभिन्न सञ्चारमाध्यममा यहाँका विपन्न परिवारले खान नपाएको खबर थाहा पाएपछि सञ्चारकर्मी र चेपाङ्ग अगुवाका रुपमा परिचित केपीकिरण शर्मा मार्फत सहयोग अभियान उनीसहितको टिमले थालेको थियो । “खाद्यान्न अभाव झेलिरहेका चेपाङ वस्तीमा सहयोग गर्न पाउँदा खुशी लागेको छ”, पर्यटन व्यवसायी परियारले भने, “जर्मन, हल्याण्डका साथीले गरेको सहयोग वितरण गरेका हौँ ।” सौराहामा होटल पार्कसाइड सञ्चालन गरेका परियार सामाजिक कार्यमा पनि त्यतिकै सक्रिय छन् ।

    चेपाङवस्तीमा खाद्यान्न संकट निवारणका लागि शिरलाल परियारले विदेशमा रहेका दाताहरुसँग समन्वय जारी राखेका छन् । परियारले राक्सिराङ्गमा भने हेल्प डेक्स खैरहनीसँग समेत सहकार्य गरि यहाँ राहत बाडेको बताए । यो पटक यहाँको ४ सय ५० घरधुरीलाई नेपाल हिल्फ डिरेक्ट र अफ्रिका लुज द ईस्लानको सहयोग राहत वितरण गरेका हुन् ।

    अब छिटै अन्य भोकमरी रहेको विकट गाँउ पुगेर राहत बाड्ने उनले बताए । हेल्प डेक्स खैरहनीका संयोजक तथा ग्रेट एफएमका अध्यक्ष रामेश्वर रिजालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा समाजिक अभियान्ता मुरली गजुरेल, ग्रीन सोसाईटीकी सदस्य शुसिला चौधरी, वसन्त, अशोक न्यौपाने, शान्तमणि नहर्की, रामजी कुँवर लगायतको सक्रियतामा यहाँ पहिलो पटक ठुलो संख्यामा राहत जुटेको हो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.