हेटौंडा। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी नायब महानिरीक्षक (डिआईजी) बसन्त कुमार लामाको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत एव प्रशासन विभागले सोमबार गरेको १६ डिआईजीको सरुवा लामाको पनि सरुवा भएको हो।
लामाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ भने उनको ठाउँमा प्रहरी प्रधान कार्यालय नक्सालका कार्यरत डिआईजी प्रकाश जंग कार्की आउने भएका छन्। त्यसैगरी बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका एसएसपी मिरा चौधरीको पनि सरुवा भएको छ। चौधरीको१ नम्बर प्रदेश तालिम केन्द्र विराटनगरमा सरुवा भएको छ।











