• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

सामाजिक सेवामा एक्सपर्ट एजुकेशनः चितवन, मकवानपुर, नवलपुरका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सट्रेटर सहयोग

  •   बुधबार, असार ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । शैक्षिक परामर्श सेवा दिँदै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले जस्तोसुकै विपद्को बेला सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको छ । बाढी, पहिरो होस् या महाभूकम्प हरेक विपद्मा हातेमालो गर्दै पीडितको घाउमा मलम लगाउँदै आइरहेको छ ।यसपटक विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले नेपालमा अक्सिजनको हाहाकार भइरहँदा एक्सपर्टले अक्सिजन सिलिण्डर खरिद गरेरै सहयोगी भूमिका निर्वाह ग¥यो । अहिले एक्सपर्ट फाउण्डेशन मार्फत एक्सपर्टले देशका सबै शाखा मार्फत ५० वटा अक्सिजन कन्सट्रेटर सहयोग गरिरहेको छ । जसमध्ये चितवन शाखालाई ७ वटा अक्सिजन कन्सट्रेटर प्राप्त भएको थियो । ती मध्ये ५ वटा वितरण गरिसकेको छ भने बाँकी दुई वटा उपकरण छिट्टै विकट ठाउँमा वितरण गर्ने तयारीमा छ । पाँच वटा अक्सिजन कन्सट्रेटर एक्सपर्ट चितवनले जिल्लाका दुई अस्पताल, मकवानपुरका २ स्वास्थ्य चौकी र नवलपरासी पूर्वका एक अस्पताललाई अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ ।

    चितवनको माडी नगरपालिका अन्तरगतको बघौडा अस्पताल, इच्छाकामना गाउँपालिका अन्तरगतको दारेचोक स्वास्थ्य चौकी, मकवानपुरको कैलाश गाउँपालिका अन्तरगतको नामटार स्वास्थ्य चौकी र मकवानपुरगढी गाउँपालिका अन्तरगतको स्वास्थ्य चौकी र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका अन्तरगतको देउराली प्राथमिक अस्पताललाई अक्सिजन कन्सट्रेटर सहयोग गरिएको एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

     

    प्रवन्ध निर्देशक अधिकारीले माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाल र बघौडा अस्पतालका चिकित्सक आलोक कुमारलाई सो सामग्री हस्तान्तरण गरे । यस्तै इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङ, मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँ र नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेलाई प्रवन्ध निर्देशक अधिकारीले सो सामग्री हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा एक्सपर्ट चितवनका लेखा प्रमुख किरण पौडेललगायत शाखाका प्रमुख व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    ती सबै स्वास्थ्य संस्थाहरुलाई एक÷एक थान १० लिटर क्षमताको अक्सिजन कन्सट्रेटर सहयोग गरिएको हो । यसले अक्सिजन आवश्यक पर्ने बिरामीलाई तत्कालै अक्सिजन दिन मद्धत पुग्ने छ । सघन कक्षमा उपचार गर्न पर्ने बिरामी बाहेकलाई यसै कन्सट्रेटरबाट सहजै अक्सिजन प्रदान गर्न सकिन्छ । ग्रामिण भेगका स्वास्थ्य संस्थाहरुमा यस्तो सुविधा नहुँदा धेरैले अकालमै ज्यान गुमाउन बाध्य छन् । सोही अवस्थालाई मध्यनजर गर्दै एक्सपर्टले उपकरणको अभाव भोगिरहेका स्वास्थ्य संस्थाहरुलाई सहयोग उपलब्ध गराएको हो । ‘अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस् भनेर ग्रामिण स्वास्थ्य संस्थालाई सहयोग गरेका हौं’ एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले भने ‘माहामारीको बेलामा मात्र होइन, अन्य बेलाका बिरामीहरुले पनि सहज उपचार पाउनेमा आशाबादी छौँ ।’

    सामग्री ग्रहण गर्दै माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले श्वासप्रश्वास समस्या भएका बिरामीलाई अतिआवश्यक पर्ने अक्सिजन कन्सट्रेटर सहयोग गरेकोमा एक्सपर्ट परिवारलाई धन्यवाद ज्ञापन गरे । उनले सदरमुकामबाट टाँढा रहेको अस्पताललाई सहयोगका लागि सम्झिनु आफैमा महत्वपूर्ण रहेको भन्दै मेयर ढकालले सामान्य जनता बसोबास गर्ने ठाउँलाई छनोट गरेकोमा धन्यवाद दिए । व्यवसायिक धर्म मात्र नभई समाजसेवा पनि कर्तव्य ठानेर कर्तव्य बोध गर्दै सहयोग गरेकोमा मेयर ढकाल खुशी प्रकट गरे ।

    त्यस्तै इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले जिल्लाको एक मात्र गाउँपालिकामा आएर महत्वपूर्ण सामग्री सहयोग गरेकोमा एक्सपर्ट परिवारलाई धन्यवाद ज्ञापन गरे । कोरोना माहामारीको बेलामा गाउँपालिका आफैले अस्थायी आइसोलेसन सेन्टर स्थापना गरेर जनताको सेवा गरेको स्मरण गराउँदै पूर्वाधार निर्माण र उपकरणका लागि अझै सहयोग आवश्यक रहेको बताइन् । गतवर्ष भन्दा यसवर्ष बढी गाउँपालिकामा माहामारीले प्रभावित बनाएको भन्दै यस्तो बेला सम्झिएर अक्सिजन कन्सट्रेटर सहयोग गर्नु मानविय कार्य भएको बताइन् । उनले गाउँपालिकाले छिट्टै स्तरीय स्थायी अस्पताल बनाउने प्रक्रियामा लागि परेको जानकारी दिइन् ।

    यस्तै अक्सिजन कन्सट्रेटर ग्रहण गर्दै मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले माहामारीसंग लड्न र अन्य समयमा पनि बिरामीलाई सहज उपचार पाउनका लागि अक्सिजन कन्सट्रेटरले महत्वपूर्ण सहयोग गर्ने बताए । उनले यही सामग्रीले कैलाशका जनताको ज्यान जोगाउन सहयोगी बन्ने भएकाले एक्सपर्टलाई सिंगो गाउँपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरे । उनले गाउँपालिकाकाले प्रत्येक स्वास्थ्य चौकीमा अक्सिजनसहितको सेवा दिने तयारी गरिरहेको बेला यो सहयोगले थप हौसला मिलेको बताए ।

    त्यस्तै अक्सिजन कन्सट्रेटर ग्रहण गर्दै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले अक्सिजन कन्सट्रेटरको पूर्ण रुपमा सदुपयोग गरिने बताए । उनले गाउँपालिका भित्र २ सय भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परिसकेको भन्दै अक्सिजनको आवश्यकता अझै उत्तिकै रहेको बताए । उनले यस सामग्रीले अक्सिजन आवश्यक पर्ने बिरामीलाई गाउँपालिका भित्रै उपचार गर्नमा सहयोग मिल्ने भन्दै सहयोगका लागि एक्सपर्ट परिवारलाई धन्यवाद दिए ।

    यस्तै अक्सिजन कन्सट्रेटर ग्रहण गर्दै नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले युवाहरुलाई विदेशमा सही शिक्षा पाउने गरी परामर्श दिँदै आएकोसंस्थाले स्वास्थ्य क्षेत्रमा समेत टेवा पु¥याएकोमा खुशी व्यक्त गरिन् । सहयोग सामग्रीले गाउँपालिकाका विपन्न जनताले सहज उपचार पाउने वातावरण बनेको भन्दै एक्सपर्ट परिवारलाई धन्यवाद व्यक्त गरिन् । उनले युवाहरुको यस्तै सक्रियता बढ्दै गए हरेक क्षेत्रको विकासमा सहयोगी भूमिका निर्वाह हुने बताइन् ।

    सामाजिक उत्तरदायित्व तथा सामाजिक सेवामा प्रतिवद्ध व्यवसायिक संस्था एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेज प्रा.लिले एक्सपर्ट फाउन्डेसन मार्फत विभिन्न सरकारी निकायहरुको सहकार्यमा कोभिड–१९ को असरमा परेकाव्यक्तिहरुलाई विभिन्न सहायताहरु प्रदान गर्दै आएको छ । यस संस्थाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई विभिन्न राहत प्याकेजहरु वितरण गरेको छ भने नेपालका विभिन्न स्थानमा खाद्यान्न वितरण, अक्सिजन सिलिन्डर वितरण, रक्तदानलगायतका सहायताहरु प्रदान गरिसकेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.