हेटौँडा । हेटौंडा ५ मा रहेको वडा प्रहरी कार्यालयमा साबुन पानीले हात धुने स्टेसनको स्थापना गरिएको छ । लायन्स इन्टरनेसनल तथा लियो क्लब मकवानपुर को समन्न्वयमा साबुन पानीले हात धुने स्टेसनको स्थापना गरिएको हो। मकवानपुर जिल्लाका सबै स्थानिय निकायको आवश्कताअनुसार ३२ स्थानमा कोबिड –१९को महामारी लाइ न्युनिकरण गर्ने उद्देश्यका साथ हात धुने स्टेसन बनाइएको लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बि २का गर्भनर शम्भु नकर्मीले बताएका छन्।लायन्स क्लब अफ हेटौंडाले केही दिन अघि कार्यालयलाई अटोमेटिक ह्याण्ड स्यानिटाईजर सहयोग गरेको थियो।कार्यक्रममा लायन्स हेटौँडाका सरोज पोखरेल,गौतम के सी,सबिन नकर्मी लगायतका पदाधिकारीहरूले सहभागिता रहेको थियो ।लायन्स तथा लियोले हेटौंडाको विभिन्न सरकारी तथा सार्वजनिक स्थानमा साबुन पानीले हात धुने स्टेसन र अटोमेटिक ह्याण्ड सेनिटाइजरको स्थापना गर्दै आएको छ ।








