• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनका दुग्ध उत्पादक किसानको सरकारसंँग अपील: प्रतिलिटर ४० रुपैयाँमा दिन तयार छौं दुध लिईदिनुहोस

  •   शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । निशेधाज्ञाका कारण देशभर आर्थिक गतिविधि सुस्त भएसंँगै दुधले बजार नपाउंँदा दुग्ध उत्पादक किसान मर्कामा छन । दुध उत्पादन राम्रै भएपनि खपत नहुंँदा उनीहरु थप चिन्तामा छन । बजार बन्द भएसंँगै र मानिसको चहलपहल कम भएपछि उपभोगमा समेत ह्रास आएको छ । दुध बिक्री नभएपछि कतिपय किसानहरुले पाउडर र मख्खन बनाउन दुग्ध उद्योगलाई दिएपनि ती उत्पादन पनि बिक्री नभएपछि किसानलाई फिर्ता दिन थालेको उनीहरुको गुनासो छ ।

    औषत प्रतिलिटर ५३ रुपैयांँमा दुध बिक्री गर्दै आएका चितवनका किसानले प्रतिलिटर ४० रुपैयांँमा दुध बिक्री गर्दापनि खरीद गर्न नआएको गुनासो गरेका छन् । ‘बरु सरकारले निश्चित अवधिका लागि प्रतिलिटर ४० रुपैयांँमा खरीद गरोस हामी तयार छौं चितवन दुग्ध उत्पादक संघका उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले भने, तर विचौलिया हाबी भए, हामी बिचौलियालाई दिदैनौ ।’ दुधको प्रतिलिटर लागत ४५ रुपैयांँ परेपनि र डिडिसीले ५३ रुपैयांँ मा खरीद गर्दै आएपनि नियमित दुध खरीद नगरेको सापकोटाको गुनासो छ ।

    देशभर कुल उत्पादनको ४५ प्रतिशत डिडिसीले र बांँकी अन्य नीजि डेरी उद्योगले दुध खरीद गर्ने गरेका छन । निशेधाज्ञाका कारण दुध बिक्री नहुंँदा ११ करोड ७ लाख ८१ हजार ३सय ४२ रुपैयांँ नोक्सान भएको संघको तथ्यांक छ । ‘बैशाख १७ देखि ज्येष्ठ मसान्तसम्म हामीले यत्रो नोक्सान बेहोरेका छौं संघका सचिव किशोर वगाले भन्छन, पाउडर दुध र मख्खन बनाउन दिएको दुधको हिसाव किताब आउनै बांँकी छ ।’ संघका अनुसार डेढ महिनाको अवधिमा ७७ लाख ९६ हजार २५० लिटर दुध उत्पादन भएको मध्ये २० लाख ९० हजार २सय १४ लिटर दुध बजारमा पुग्न सकेको छैन । चितवनमा निशेधाज्ञा लागु भएर जेष्ठ महिनासम्मको अवधिमा ११ करोड रुपैयांँ भन्दा बढी नोक्सान प्रक्षेपण गरिएको छ ।

    चितवन दुग्ध उत्पादक सहकारी संघले आज भरतपुरमा पत्रकार भेटघाट कायक्रमगरी बैशाख १७ देखि ज्येष्ठ मसान्तसम्म ११ करोड ७ लाख ८१ हजार ३सय ४२ रुपैयांँ नोक्सान भएको जानकारी दिएको हो । निशेधाज्ञा लगत्तै देशका सबै बजार, होटल,चिया खाजा पसल बन्द भएर दुग्ध डेरी उद्योगले खरीद घटाउंँदा नोक्सान पुगेको उनको भनाई छ । कतिपय किसानले दुग्ध उद्योगहरुमा बिक्री नभएको दुधलाई पाउडर र मख्खन बनाउन दिएपनि फेरी उद्योगहरुले बिक्री गर्न नसकेको भन्दै सहकारीलाई फिर्ता गरेको उनले बताए ।

    पाउडर र मख्खन बनाउंँदा र बिक्री नभएपछि थप कति नोक्सान भयो र कति मौज्दात छ भन्ने तथ्यांक आइनपुगेको र तथ्यांक संकलनको काम भईरहेको संघले बताएको छ । प्रतिलिटर किसानको दुध लागत ४५ रुपैयांँसम्म पर्दछ तर डिडिसीले किसानलाई दिने दुधको मुल्य नघटाएपनि अन्य नीजि दुग्ध उद्योगहरुले प्रतिलिटर ४० रुपैयांँ पनि दुध खरीद नगरेको दुग्ध उत्पादक किसानको गुनासो छ । देशभर कुल उत्पादनको ४५ प्रतिशत डिडिसीले र बाँकी नीजि दुग्ध डेरीले दुध खरीद गर्ने गर्दछन ।

    ‘अहिले निश्चित समयको लागि खपत बढाउन हामी प्रतिलिटर ४० रुपैयांँमा सरकारलाई दिन तयार छौं संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले भने, राज्यले जिम्मा लिइदिनुपर्यो ।’ दुधको मुल्य सस्तो बनाउंँदा खपत बढेको भन्दै सापकोटाले विचौलियाका कारण उपभोक्ताले भने पहिलेकै मुल्यमा दुध किन्नु परेकोे उनले बताए । हाल दुध उत्पादन बढी भएर बिक्री नभएको भएपनि खुद्रा मुल्य प्रतिटिर ८० रुपैयांँसम्म उपभोक्ताले किन्नु परेको छ । ‘बिचौलियाले सस्तोमा लैजाने, उपभोक्ताले दोब्बर मुल्यमा किन्नु भन्दा सरकारले जिम्मा लिए खपत पनि बढ्छ, उपभोक्ताई राहत पनि हुन्छ ।’ सापकोटाले भने ।

    चितवनमा दैनिक ३ लाख १५ हजार लिटर दुध उत्पादन हुदै आएको मध्ये ४५ प्रतिशत चितवनमा खपत हुन्छ भने बांँकी दुध काठमाडौ, पोखरा लगायत अन्य शहरमा जाने गर्दछ । निशेधाज्ञाकै कारण मानिसको चहलपहल नहुंँदा र दुध खपत हुने अधिकांश बजार बन्द नभएका कारण बर्षेनी नोक्सान बेहोर्नुपरेको उनीहरुको भनाई छ । ‘कहिले मुल्य बृद्धि नभएर, कहिले भुक्तानी नपाएर त कहिले बिक्री नभएर हामीले जहिले मार खेप्नु परेको छ । ‘हामीलाई फाइदा भन्दा पनि दुधको मुल्य घटाएर प्रस्ताव गर्नु बाध्यता भयो ।’

    संघका उपाध्यक्ष सापकोटाले भने । दुध बिक्री नहुनु, बैंकमा ब्याज थोपरिदै जानु र दानाको मुल्य बढ्दै जांँदा किसानहरु विस्थापित हुंँदै गएको उनको भनाई छ । प्रदेश सरकारले गतबर्षनै दुधमा १६ करोड अनुदान दिएको तर हालसम्म किसानले पैसा नपाएको भन्दै संघका सचिव मणी प्रकाश खतिवडाले अनुदान तत्काल पाउनु पर्ने र आगामी आर्थिक बर्षको हरेक स्थानीय पालिकाको बजेटमा प्रतिलिटर ३ रुपैयांँ अनुदान दिनुपर्ने माग गरे ।

    गतबर्षको लकडाउन र निशेधाज्ञाका कारण ध्यू, मख्खन , पाउडर बिक्री नभई भण्डारण भएको र यसैका कारण नीजि दुग्ध डेरीले अहिलेको निशेधाज्ञामा पनि दुध खरीद नगरेको खतिवडाको बुझाई छ । निशेधाज्ञा खुकुलो भएपनि दुग्धजन्य पदार्थका लागि पूर्णकालिन रुपमै डेरीपसल , उद्योग सञ्चालन गर्न पाउनु पर्ने किसानको माग छ । ‘यो समय दही,दुध बढी बिक्री हुने सिजन हो , खतिवडाले भने, तर झण्डै यहांँको उत्पादनको ५० प्रतिशत दुध खेर फाल्नुपर्ने अवस्था छ ।’

    चितवनमा दैनिक ३ लाख १५ हजार लिटर दुध उतपादन हुंँदै आएको छ । चितवनमा ३५० वटा दुग्ध डेरी पसल छन भने दुग्ध उत्पादक किसानको संख्या ६० हजारको हाराहारीमा छन ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.