• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढ्यो

  •   आइतबार, असार १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । कखुराको उत्पादन घट्दा मासुको मूल्य बढेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका साथै कुखुरामा देखिएका रानिखेतलगायतका रोग र पछिल्लो समय लगातारको वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोको प्रकोपले गर्दा कुखुरा उत्पादनमा असर पर्न गई मासुको मूल्य बढेको हो ।

    कारोना महामारीका कारण उत्पादन भएका कुखुरा नबिक्ला कि भन्ने डरले अहिले कतिपय किसानले खोर खाली नै राखेका छन् भने यसअघि विभिन्न जिल्लामा देखिएको रानिखेत रोगले गर्दा पनि किसानहरूमा केही त्रास छाएको छ । लगातारको वर्षाका कारण आएको बाढीपहिरोले कुखुरा पालक किसान घटेपछि चल्ला उत्पादनसमेत घटाउनु परेको व्यवसायीहरूको भनाइ छ ।

    सरोकारवालाहरूका अनुसार कोरोना महामारी, रानिखेत र बाढीपहिरोको प्रकोपका कारण अहिले ३० प्रतिशतजति कुखुरापालक किसानले कुखुरा पाल्न छाडेका छन् । नेपाल ह्याचरी उद्योग संघका निवर्तमान अध्यक्ष टीकाराम पोखरेलका अनुसार यसअघि ४२ देखि ४५ लाख चल्ला उत्पादन हुने गरेकोमा अहिले यो परिमाण घटेर ३१ लाखमा झरेको छ ।

    बाढीपहिरोका कारण विभिन्न जिल्लामा बाटोघाटो अवरुद्ध भएपछि किसानहरूले खोरमा नयाँ चल्ला हाल्न छाडेको उनले बताए । उत्पादनमा असर परेपछि त्यसको प्रत्यक्ष असर कुखुराको मासुको मूल्यमा परेको बताइएको छ । मासु व्यवसायी संघले दिएको जानकारीअनुसार करीब १ महीना अघिसम्म प्रतिकिलो २ सय ९० रुपैयाँ रहेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले ४० रुपैयाँले बढेर प्रतिकिलो ३ सय ३० रुपैयाँ कायम भएको छ । खुद्रा बजारमा भने यो मूल्य ३ सय ५० रुपैयाँसम्म रहेको छ ।

    उत्पादनमा सुधार गर्न नसकिएमा मासुको मूल्य अभैm बढ्न सक्ने संघका अध्यक्ष जंगबहादुर बिसीले आर्थिक अभियान दैनिकलाई जानकारी दिए । निषेधाज्ञा केही खुकुलो भएसँगै मासुको खपत पनि बढेको उनले बताए । निषेधाज्ञा शुरू हुने बेलामा काठमाडौं उपत्यकामा मासुको खपत २० प्रतिशत मात्र थियो भने निषेधाज्ञा खुकुलो भएपछि खपत बढेर ४० प्रतिशतसम्म पुगेको छ,’ उनले भने । सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक करीब ५ लाख किलो मासुको खपत हुने गर्छ ।

    कुखुरालाई खुवाउने दाना र औषधिको समेत मूल्य बढेकाले उत्पादनमा असर परेको बताइएको छ । दाना बनाउन प्रयोग हुने भटमासको मूल्य प्रतिकिलो ७५ रुपैयाँबाट बढेर ८८ रुपैयाँ पुगेको छ भने मकैको मूल्य पनि प्रतिकिलो २६ रुपैयाँबाट बढेर ३२ रुपैयाँ कायम भएको छ । आजको आर्थिक अभियानमा खबर छ ।

     

     

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.