• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

जिल्लावासीमा विभिन्न आशंका चितवनमा प्रहरी प्रमुखको सक्रियता नबढ्दा

  •   बिहिबार, फागुन २२, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन : नागरिकता बनाउन होस् या त राहदानी (पासपोर्ट) बनाउन नै किन नहोस्, जिल्लावासी प्रशासन कार्यालय पुग्नैपर्छ । आफ्नो कामका लागि प्रशासन कार्यालय धाउने जो कोहीले पनि आफ्नो छिटो र सहज रुपमा होस् भन्ने नै चाहेका हुन्छन् ।
    पहिलो पटक कार्यालय पुग्ने नागरिकले त्यहाँको सेवाको बारेमा केही पनि जानेका हुँदैनन् । नागरिकता बनाउने, पासपोर्ट बनाउने प्रकृयाको बारेमा जानकार नहुँदा उनीहरुले अन्य सेवाग्राहीलाई सोध्ने गर्छन् । केही सेवाग्राहीले जानकारी दिने भएपनि धेरैले आफूले थाहा पाएको जानकारी समेत अर्को सेवाग्राहीलाई भन्न खोज्दैनन् ।
    यस्तो अवस्थामा सेवाग्राहरु विचौलियाको जङ्गुलमा फस्छन् । जिल्लाका अन्य ठाउँबाट सवारी सवारी साधनमा आउने वा पैदल आएर जिल्ला प्रशासन कार्यालय चितवनको गेट अगाडि पुग्ने जोकोही व्यक्ति पनि सरासर भित्र जाँदैन । सेवाग्राही गेटमा पुग्न नपाउँदै विचौलियाहरुले ग्राहक तान्न खोज्छन् नमस्ते बिहानी साप्ताहिकमा खबर छ ।

    प्रशासन कार्यालय अगाडि रहेका पसलबाट होस् वा प्रशासन कार्यालयको गेटमै पुगेर भएपनि उनीहरुले सेवाग्राहीलाई सहज रुपमा काम सकिदिने भन्दै ‘दलाली’ गर्न पुग्छन् । जिल्ला प्रशासन कार्यालय चितवनको गेटमा पुग्ने वित्तिकै अगाडि रहेका मान्छेले हातको इशाराले होस् वा आवाज नै निकालेर किन नहोस् सेवाग्राहीलाई आफ्नो ग्राहक बनाउन खोज्छन् । काम छिटो छरितो रुपमा गरिदिन्छु भनेपछि प्रशासनमा पहिलो पटक आएको सेवाग्राही पनि उनीहरुको भरमा पर्ने गर्छन् ।
    विचौलियालाई काम लगाउँदा काम छिटो त होला तर सेवाग्राहीले न्यून शुल्कमा पाउने सेवा समेत महङ्गो हुने गर्दछ । सेवाग्राहीबाट पैसा तोकेरै वा विभिन्न वाहानामा विचौलियाले पैसा लिने गरेका हुन्छन् । यसरी विचौलिया सल्बलाउँदा अन्य सेवाग्राही भने मर्कामा पर्ने गरेका हुन्छन्
    केही वर्ष अगाडि चितवनमा विनोद प्रकाश सिंह प्रमुख जिल्ला अधिकारीको रुपमा रहँदा उनले जिल्लाबाट विचौलिया धपाउने काम गरेका थिए । त्यतिबेला चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवर र प्रमुख जिल्ला अधिकारी सिंहले जिल्ला प्रशासन कार्यालयमा मात्रै नभएर जिल्लाका अन्य सार्वजनिक निकायबाट समेत विचौलियाको सफाया गरेका थिए । सार्वजनिक कार्यालयमा भेटिएका विचौलियालाई पक्राउ गर्दै कारबाही गरेर छोडिएको भए पनि अहिले स्थानीय प्रशासन सुस्ताउँदा विचौलियाले चलखेल गर्न सुरु गरेका हुन् ।

    चितवनमा प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक नान्तीराज गुरुङले समेत विचौलिया हटाउने काममा कुनै सक्रियता देखाएका छैनन् । नयाँ काम गर्नु त परको कुरा हो तर, गुरुङले आफ्ना अग्रजले देखाएको बाटोलाई समेत पछ्याउन सकेको देखिदैन । प्रहरी कार्यालयमा नै विचौलिया घुस्ने गरेका छन् ।
    तत्कालिन एसपी वसन्त कुँवरले प्रहरी कार्यालयमा दलाललाई निषेध नै गरेका थिए । यद्यपि वसन्त कुँवर र प्रजिअ विनोद प्रकाश सिंह सरुवा भएर गएपछि दलालले विस्तारै टाउको उठाउन सुरु गरेका हुन् । त्यस्ता विचौलियाहरुलाई कार्यालय प्रवेशमा रोक लगाउनेतर्फ स्थानीय प्रशासनको समेत मौनता देखिनुले जिल्लावासीमा विभिन्न आशंकाहरु उठ्न थालेका छन् ।
    जिल्ला प्रहरी कार्यालयमा त झन् विचौलियाको अवस्था विकराल देखिएको छ । असुलीका लागि होस् वा अन्य कामका लागि प्रहरीमा विचौलिया बढेको सहजै देख्न पाइन्छ । मुद्दा शाखाका प्रहरी कर्मचारी विभिन्न बाहनामा कार्यालय बाहिर जाने र सेवाग्राहीसँग कुराकानी गर्ने तथा केही व्यक्तिहरु नियमित रुपमा प्रहरी कार्यालय जाने यो मान्छेको काम गरिदिनुप¥यो भनेर प्रहरीका ‘हाकिम’लाई भन्ने गरेको देखिन्छ ।

    आफ्नो काम बाहेक अन्य व्यक्तिको काम लिएर जाने विचौलियालाई निषेध गर्न नसकेसम्म जिल्लावासीले सुशासनको स्वास फेर्न पाउँदैनन् । अतः स्थानीय प्रशासन यस विषयमा गम्भीर भएर लागेको खण्डमा विचौलियाहरु निर्मुल हुने जिल्लावासीको अपेक्षा रहेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.