चितवन । चितवनमा पछिल्लो २४ घण्टामा ३९ जना नयाँ संक्रमित थपिएका छन् । भने ४९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
यससँगै जिल्लाभर अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या १४ हजार ६२७ पुगेको छ ।
पिसिआर परिक्षणबाट २६ तथा एन्टिजेन परिक्षणबाट १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
यससँगै जिल्लाभर कुल संक्रमितको संख्या १५ हजार ९२० पुगेको छ । थपिएका संक्रमित मध्ये २६ जना भरतपुर महानगरपालिका भित्रका हुन् । यस्तै खैरहनी नगरपालिका – १ ,माडी –१, राप्ती – १ , रत्ननगर –२ र कालिकाका –२ जना छन् ।
संक्रमित मध्ये अहिलेसम्म २७९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चितवनमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य कार्यालयका अनुसार १ हजार १४ जना अझै आइसोलेसनमा छन् ।








