चितवन । चितवनमा अबैध लागुऔषध कारोबार गर्ने एक महिला सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १७ लंगौटाकी २९ बर्षीया बिष्णुमाया थापामगर, भरतपुर महानगरपालिका वडा नम्बर २ आँपटारी ईन्द्रेणी टोलका २४ बर्षिय रोशन बुढाथोकी र भरतपुर महानगरपालिका वडा नम्बर २ का २६ बर्षिय योजन पोख्रेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार लागू औषध गाँजा बिक्री बितरण गरिरहेको छ भन्ने सुचनाको आधारमा प्रहरी टोली खटि घरमा चेकजाँच गर्दा बिष्णुमाया थापामगरको कोठामा प्रतिबन्धित लागू औषध गाँजा ४०० ग्राम र नगद रु. १०,४०० रुपैया फेला परेको हो । यसै गरी भरतपुर महानगरपालिका वडा नम्बर २ आँपटारी ईन्द्रेणी टोल स्थित बिनय ठाकुरको घरमा डेरा गरी बस्ने योजन पोख्रेलले लागु औषध बिक्री बितरण गरिरहेको भन्ने सुचनाको आधारमा प्रहरी टोलि खटि खानतलासी गर्दा प्रतिबन्धित लागू औषध डाईजेपाम २२ एम्पुल,फेनार्गन २३ एम्पुल नुर्पिन १२ एम्पुल गरी जम्मा ५७ एम्पुल फेला पारिएको कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।








