• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कबड्डीका मुख्य प्रशिक्षकमा भट्ट नियुक्त

  •   सोमबार, असार १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कञ्चनपुर । जिल्ला खेलकुद विकास समिति कञ्चनपुरमा कार्यरत विष्णुदत्त भट्टलाई कबड्डीका मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले भट्टलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । कबड्डीका मुख्य प्रशिक्षक तारा सिंह भाटले उमेर हदका कारण अवकाश पाएपछि पाँच महिनादेखि रिक्त कबड्डीको मुख्य प्रशिक्षक पदमा भट्टलाई नियुक्त गरिएको हो ।

    राखेपले विश्वास गरी दिएको मुख्य प्रशिक्षकको जिम्मेवारीलाई इमानन्दारीपूवर्क निर्वाह गर्ने मुख्य प्रशिक्षक भट्टले बताए । “कबड्डी खेलाडी थिएँ । त्यसपछि प्रशिक्षक भएँ । अहिले मुख्य प्रशिक्षक भएको छु”, उनले भने, “राखेपले दिएको यो जिम्मेवारीलाई सीप र क्षमताअनुसार इमान्दार भएर पूरा गर्नेछु ।” मुख्य प्रशिक्षक भट्टले कबड्डी खेलको विकास र विस्तारका लागि विद्यालय तहसम्म प्रतियोगिता सञ्चालन गरिने बताए । विद्यार्थी जीवनदेखि कबड्डी खेल्न थालेका भट्टले तीन वटा एशियाली खेलकुद प्रतियोगितामा भाग लिएका छन् ।

    उनले सन् १९९० मा बेइजिङ, सन् १९९४ मा हिरोसिसमा र सन् १९९८ मा बैंककको एशियाली खेलकुद प्रतियोगितामा भाग लिएका थिए । यसैगरी उनले भारतको कलकत्तामा भएको साफ च्याम्पियन सीप र साग गेममा पाँच पटक भाग लिएका छन् । नेपाली राष्ट्रिय कबड्डी टीमको सात वर्ष नेतृत्व सम्हालेका उनले विसं २०६४ मा कबड्डी खेलबाट सन्न्यास लिएका थिए । मुख्य प्रशिक्षक भट्टले प्रशिक्षकको जिम्मेवारी पाएपछि हालसम्म दुई हजार ५०० खेलाडीलाई प्रशिक्षण दिइसकेका छन् ।

    त्यसमा २०० भन्दा बढी खेलाडीले राष्ट्रियस्तरका प्रतियोगितासम्म खेलेका छन् । भीमदत्त नगरपालिका–७ हल्दुखालका भट्टले जनसेवा माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दादेखि नै कबड्डी खेलमा रुचि राख्दै आएका थिए । विसं २०४३ मा कबड्डी खेलेको दुई वर्षपछि झापामा भएको राष्ट्रिय प्रतियोगितमा सहभागी भएर उनी साग गेमका लागि छनोट भएका थिए ।

    त्यसपछि २०६४ सम्म उनले कबड्डी प्रतियोगितामा सहभागिता जनाएका थिए । मुख्य प्रशिक्षक भट्टले कबड्डीको विकासका लागि हल्दुखालमा एकेडेमी सञ्चालन गरेका छन् । उनले कबर्ड हलमा कबड्डी प्रशिक्षण केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएका छन् । जिल्ला खेलकूद विकास समिति कार्यालयका प्रमुख गोपालदत्त भट्ट मुख्य प्रशिक्षक भट्टको लामो अनुभवले कबड्डीको विकास र विस्तारमा सहयोग पुग्ने बताउँछन् ।

    विसं २०५२ मा सहायक कबड्डी प्रशिक्षक भएका भट्ट २५ वर्षपछि मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अठार वर्षअघि उनी कबड्डीको सहायक प्रशिक्षकमा नियुक्त भएका थिए । रासस

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.