• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

मदिरा जन्य वस्तुको बिक्रि ठ्प्प हुँदा राजस्व संकलन प्रभावित

  •   बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लामो समयसम्म जारी लकडाउनको कारण चितवनमा राजस्व असुली प्रभावित भएको छ । विशेषगरी मदिराजन्य वस्तुको उत्पादन र विक्री ठप्प हुँदा राजस्व संकलनमा असर परेको हो । फागुनसम्म राजस्व असुलीको अनुपात सन्तोषजनक भए पनि त्यसयता सबै कारोबार ठप्प हुँदा राजस्व असुली हुन नसकेको आन्तरिक राजस्व कार्यालय, भरतपुरले जानकारी दिएको छ । कार्यालयका अनुसार वैशाखसम्मको राजस्व असुली ५८ दशमलव २८ प्रतिशत मात्र भएको छ भने चालू आवको कुल राजस्व संकलनको लक्ष्य ४६ दशमलब ८४ प्रतिशत मात्र हासिल भएको छ । हालसम्म आयकर शीर्षकबाट कार्यालयले १ अर्ब ७२ करोड ६६ लाख ५४ हजार राजस्व संकलन गरेको छ । यस शीर्षकमा कार्यालयले २ अर्ब ३३ करोड ३५ लाख ४५ हजार संकलनको लक्ष्य राखेको थियो । बहाल करबाट हालसम्म कार्यालयले ४ करोड ४० लाख ५८ हजार राजस्व संकलन गरेको छ । यस शीर्षकमा कार्यालयले वैशाखसम्म ७ करोड ३७ लाख ७० हजार रुपैयाँको लक्ष्य लिएको थियो । यस्तै कार्यालयले ब्याज करबाट ११ करोड ६९ लाख ७३ हजार राजस्व संकलन गरेको छ । यस अवधिसम्म कार्यालयले सो शीर्षकबाट १५ करोड ९४ लाख ७० हजार असुली गर्ने लक्ष्य लिएको थियो । कार्यालयले सबैभन्दा बढी अन्तःशुल्क करबाट राजस्व असुली गर्दै आएको छ । सो शीर्षकबाट यस आर्थिक वर्षको बैशाखसम्ममा १६ अर्ब ७९ करोड ६५ लाख ३१ हजार राजस्व असुली गरेको छ । उक्त अवधिसम्म कार्यालयले यस शीर्षकमा ३० अर्ब ७९ करोड ७८ लाख ४४ हजार राजस्व असुली गर्ने लक्ष्य लिएको थियो । कार्यालयले हालसम्म स्वास्थ्य सेवा कर शीर्षकबाट २ लाख २२ हजार राजस्व असुली गरेको छ । यो अवधिमा यो शीर्षकबाट १ करोड ३२ लाख ७२ हजार राजस्व संकलन गर्ने लक्ष्य थियो । त्यस्तै शिक्षा सेवा करबाट कार्यालयले १ करोड १८ लाख ५८ हजार राजस्व असुली गरेको छ भने यस शीर्षकमा राजस्व असुलीको लक्ष्य राखिएको छैन । यस्तै कार्यालयले मूल्य अभिवृद्धि कर शीर्षकमा भने लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ । यसबाट हालसम्म १ अर्ब ६२ करोड ४४ लाख ४३ हजार राजस्व असुली गरेको छ । यस अवधिसम्म कार्यालयले उक्त शीर्षकमा १ अर्ब ४८ करोड ९४ लाख ८५ हजार राजस्व असुलीको लक्ष्य लिएको थियो । मूल्य अभिवृद्धि करको हकमा जुनसुकै निकाय, संस्थाबाट उद्योगी व्यवसायीले भुक्तानी पाउनेबित्तिकै ५० प्रतिशत पहिल्यै काटेर दिने गरिएकाले लक्ष्यभन्दा बढी उठेको कार्यालयका कर अधिकृत कपिल नेपालले जानकारी दिए । उनका अनुसार लकडाउनका कारण सबैजसो आर्थिक कारोबार बन्द भएकोले यस आर्थिक वर्षमा विभागले दिएको लक्ष्यभन्दा निकै कम राजस्व असुली हुनेछ ।‘अहिलेसम्मको अवस्था हेर्दा वार्षिक लक्ष्यको ४६ दशमलव ८४ प्रतिशत मात्र हासिल भएको छ,’ उनले भने, ‘लकडाउन केही खुकुलो भए राजस्व संकलनलाई थप प्राथमिकता दिनेछौं ।’ राजस्व असुलीसँग सम्बद्ध सबै उद्योग व्यवसायको कारोबार बन्द भएको र चलेका व्यवसायले पनि कार्यालयसम्म आएर कर तिर्ने वातावरण पनि नभएकोले राजस्व संकलनमा कमी आएको नेपालको भनाइ छ । कार्यालयका प्रमुख शुभप्रसाद रिजाल लकडाउनसँगै मदिराजन्य वस्तुको कारोबार ठप्प हुँदा राजस्व असुलीमा ह्रास आएको बताउँछन् । ‘हाम्रो सबैभन्दा राजस्व असुलीको स्रोत मदिराजन्य वस्तु हो,’ उनले भने, ‘अहिले न उत्पादन छ न विक्री नै । राजस्वको झण्डै ८० प्रतिशत हिस्सा मदिराजन्य वस्तुबाट संकलन हुन्छ ।’ सरकारले हरेक उद्योगी व्यवसायीलाई हाललाई लाग्ने विलम्ब जरीवाना र ब्याज छूट गरेकाले पनि राजस्व संकलनमा कमी आएको रिजालले बताए । यस समयमा मदिराजन्य वस्तुको विक्री राम्रै हुने गरे पनि यस वस्तुको माग र आपूर्ति व्यवस्थापन नहुँदाको असर राजस्व संकलनमा परेको उनको भनाइ छ । चालू आर्थिक वर्षका लागि कार्यालयलाई ४३ अर्ब ३८ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य दिइएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.