काठमाडौं । सरकारले आन्तरिक तथा बाह्य हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । यसअघि १८ जेठसम्म बन्द गर्ने निर्णय गरिएकामा पुनः सो अवधिलाई बढाएर जेठ मसान्तसम्म बन्द गर्ने निर्णय भएको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बैठकले हवाई उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।








