हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्य बुद्धिमान माझीले बागमती प्रदेश सरकारले संचारगृह चलाउन खोजेकोमा आपत्ति जनाएका छन् । बागमती प्रदेहसभामा बिहीबार बोल्दै उनले सरकारले संचारगृह चलाउन नहुने बताए ।
उनले बजेटमा संचारमाध्यको प्रवर्द्धन गर्नुको सट्टा प्रदेश सरकार संचारक्षेत्रलाई लगाम लगाउने कामतर्फ अग्रसर भएको भन्दै निन्दा गरे । सरकारले संचारगृह संचालन गरेर प्रेस स्वतन्त्रता खोस्ने काम थालेको उनको भनाइ छ ।
उनले प्रदेश सरकारले संचारगृह संचालन गर्ने बुँदा फिर्ता गर्न अपिलसमेत गरे ।








