चितवन । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण दुई जनाको मृत्यु भएको छ भने ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पताल र नयाँ मेडीकल कलेजमा एक–एक जनाको मृत्यु भएको छ । मृत्यु हुने एक जना चितवन र एक बाहिरका रहेका छन् । त्यस्तै २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ८४ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् ।
सङ्क्रमित हुने ४२ जना पिसिआर बिधिबाट र ३४ जना एन्जिजेन्टबाट पुष्टि भएको हो । जिल्लामा हाल सक्रिय सङ्क्रमित १ हजार २ सय २० पुगेको जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार १ हजार ८७ जना होम आइसोलेसनमा, १सय २जना अस्पतालमा र ३१ जना संक्रमित सार्वजनिक आइसोलेसनमा रहेका छन् ।








