• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ७. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ८. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

भरतपुर अस्पतालमा कोभिडका बिरामी घटेसँगै सुत्केरी सेवा लिनेको सङ्ख्या बढे

  •   शुक्रबार, असार १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर अस्पतालमा कोभिडका बिरामी घटेसँगै सुत्केरी सेवा लिनेको सङ्ख्या बढेको छ । कोभिडका बिरामी बढी हुँदा जोखिम वढ्न सक्ने भन्दै बाहिर महङ्गो खर्चमा सुत्केरी गराउने गरिएको थियो । भरतपुर अस्पतालमा निःशुल्क प्रसूति सेवा दिइन्छ । शल्यक्रिया गर्नुपरेमा त्यही सेवाका लागि नीजिमा चर्को शुल्क असुल्ने गरिन्छ । अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. सुनिलमणि पोख्रेल कोभिडका बिरामी घटेसँगै प्रसूतिका बिरामी वढेको बताउनुहुन्छ ।

    कोभिडका बिरामी धेरै हुँदा दैनिक १२ देखि १५ जना अस्पतालमा सुत्केरी हुने गरेकोमा यो सङ्ख्या बढेर २० देखि २५ पुगेको उहाँको भनाइ छ । विगतका वर्षहरुमा अस्पतालमा दैनिक ३५ देखि ५० जना सम्मले सो सेवा लिएको स्मरण गर्दै उहाँले क्रमशः बढ्दै जाने वताउनुभयो । प्रसूति मध्ये ३६ प्रतिशत हाराहारीको शल्यक्रिया गरिने गरेको पोख्रेल बताउनुहुन्छ । विगतमा यो प्रतिशत ३० हाराहारी थियो । कोभिडका बिरामी वढ्दै गर्दा पनि भरतपुर अस्पताल सुत्केरीका लागि सुरक्षित रहेको उहाँको तर्क छ ।

    अस्पतालको स्त्रीरोग विभागमा १२ विषेशज्ञ चिकित्सकसहित स्नातकोत्तर गर्दै गरेका चिकित्सक र ७० नर्स छन् । अस्पतालका रहेका क्याविनमा कोभिडका बिरामी रहेकाले सुत्केरी भएकालाई समस्या भएको छ । हाल १४ पुराना क्याविन वाहेक अन्यत्र सबैमा कोभिडका बिरामी छन् । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले यो हप्ता हेरेर अर्को हप्ताबाट कोभिडका बिरामी राखिएको क्याविन खाली गरेर सुत्केरी लगायतका बिरामीलाई दिइने जानकारी दिनुभयो ।

    अस्पतालका सूचना अधिकारी लिलाधर पोडेलले असार १ गते १२ जना सुत्केरी भएकोमा १५ गते २४ पुगेको जानकारी दिनुभयो । अस्पतालमा एक सय ९० कोभिडका बिरामी राख्न मिल्छ । कोभिडका बिरामी बढ्दा जेठको पहिलो साता अधिकांश शय्या भरिएको पौडेलले जानकारी दिनुभयो । आज यो सङ्ख्या ७० मा झरेको छ । अस्पतालमा कोरोना सङ्क्रमित महिलाकोसमेत प्रसूति गरिन्छ । निजी अस्पतालले प्रसूति गराउनु पर्ने महिला सङ्क्रमित भएमा पनि भरतपुर अस्पताल पठाउने गर्दछन् ।

    कोरोना सङ्क्रमण देखिए यता अस्पतालमा ३२ सङ्क्रमितले सुत्केरी सेवा लिइ सकेका छन् । ती मध्ये १० जनाको शल्यक्रिया गरीएको हो । पौडेलले सङ्क्रमित प्रसूतिका बिरामीलाई राख्ने र शल्यक्रिया गर्ने ठाउँ छुट्टै भएकाले आमाहरुले सुरक्षित महशुश गर्ने गरेको जानकारी दिनुभयो । राजधानीको प्रसूति गृहपछि देशमानै सबैभन्दा बढी सुत्केरी हुन यहाँ आउने गर्दछन् । पौडेलका अनुसार एक वर्षमा १४ हजार हाराहारीले यहाँबाट सेवा लिने गरेका छन् । यहाँ चितवन सहित १९ जिल्लाका महिला प्रसूतिलाई आउँछन् ।

    धेरै मकवानपुर, नवलपरासी र गोरखाका हुन्छन् । कोभिडका कारण टाढाका सुत्केरीले जिल्ला अस्पतालमा सेवा लिने गरेपनि पछिल्ला दिनमा ती जिल्लाका बिरामी आउनेक्रम बढेको छ । अस्पतालमानै शिशु सघन उपचार कक्ष समेत भएकाले सहज भएको छ । रासस

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.