गोरखा । गोरखामा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
सिरानचोक गाउँपालिका–७ मा गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीयले आज बिहान १० बजे उनीहरु दुवैको शव बाहिर निकालेका छन् ।








