जनकपुर । नेपाल प्रहरीले २ सय ४ किलो गाँजासहित जनकपुरमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका-२१ कुर्थाका ३५ वर्षीय सन्तोष महासेठ छन् ।
प्रहरीले घरमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको हो । पक्राउ परेका महासेठ यसअघि पनि पटक पटक लागुऔष मुद्दामा जेल परेका व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।








