चितवन । चितवनमा पछिल्लो २४ घण्टामा थप ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार थपिएका मध्ये भरतपुर महानगरपालिकामा ९२ जना, खैरहनी नगरपालिकामा २ जना, माडी नगरपालिकामा ६ जना, रत्ननगरमा ७ जना, राप्तीमा ४ जना रहेका छन् । योसँगै चितवनमा संक्रिय संक्रमितको संख्या एक हजार २७१ जना पुगेको छ ।
जसमध्ये घरमा आइसोलेसनमा एक हजार १२९ जना, अस्पताल आइसोलेसनमा १०९ जना र सार्वजनिक आइसोलेसनमा ३३ जना रहेका छन् । यस्तै चितवनमा आज दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय चितवनको अनुसार चितवनमा आज मृत्यु भएका दुई जना दुवै चितवन बाहिर जिल्लाका हुन् ।
उनीहरुको भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार आजसम्म चितवनमा कोरोना संक्रमणबाट २८७ जनाले ज्यान गुमाएका छन् ।विगत २४ घण्टामा चितवनको विभिन्न अस्पतालबाट कोरोना संक्रमित १४ बिरामी डिस्चार्ज भएका छन् ।
त्यस्तै विभिन्न अस्पतालमा २१९ जना कोरोना संक्रमित बिरामीहरुले उपचार गराइरहेका छन् । जसमा आईसीयूमा ६६ जना, भेन्टिलेटरमा १७ जना, एचडीयूमा ४३ जना र जेनरल बेडमा ११० जना रहेका छन् ।








