काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ९७९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८३५ जनाको पीसीआर परीक्षणबाट २ हजार ७७ र ४ हजार ६३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०२ जना गरी जम्मा २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि मंगलबार १ हजार ७१८ जनामा मात्र कोरोना देखिएकाे थियाे । आज १ हजार ३३३ संक्रमित कोरोनामुक्त भएका छन् ।
हालसम्म ६ लाख १४ हजार ३२७ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार २९१ जना संक्रमितको मृत्यु भइसकेको छ।








